प्रोटोन ईमासको विशेष एक्सचेन्ज अफर

काठमाडौं ।  जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गत सञ्चालन हुने नेपालकै अग्रणी इलेक्ट्रिक सवारी साधन (इभी) ब्रान्ड प्रोटोन ईमासले विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । यो कार्यक्रम नोभेम्बर २१ देखि २३ सम्म काठमाडौँको ज्ञानेश्वरस्थित एटीकमा आयोजना हुने भएको छ ।

तीन दिनसम्म चल्ने उक्त कार्यक्रममार्फत विद्यमान सवारी साधन एक्सचेन्ज गर्न चाहने ग्राहकलाई प्रोटोन ईमासका प्रमुख विशेषता, सेवा सुविधा र उपलब्ध अफरका फाइदाबारे विस्तृत जानकारी प्रदान गरिने कम्पनीले जनाएको छ । एक्सचेन्ज अफरको मूल्य रु ४६.९९ लाख बाट सुरु हुनेछ ।

प्रोटोन ईमास ७ मा १६० किलोवाट मोटर पावर, १८० मिमी ग्राउण्ड क्लिरेन्स, र एनइडिसी रेञ्ज ४९२ र ५८५ किलोमिटर रहेको कम्पनीले उल्लेख गरेको छ। उन्नत सुरक्षात्मक प्रणाली र प्रिमियम डिजाइन सुविधासहित यस इभीको लम्बाइ ४६१० मिमी रहेको छ ।

You might also like

Comments are closed.