उद्योग फस्टाए मुलुक समृद्ध हुन्छ : प्रदेश प्रमुख अधिकारी

मोरङ ।प्रदेश नम्बर १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले मोरङ र सुनसरीका उद्योगहरुबाट उत्पादित वस्तुका सम्बन्धमा आज अवलोकन एवं जानकारी लिएका छन् । कोरोना महामारीका कारण लामो समयदेखि थलिएका उद्योगहरुको अवस्था बुझ्ने उद्देश्यले उनले उद्योगहरुको अवलोकन गरेको उनका प्रेस सल्लाहकार खेमराज अधिकारीले जानकारी दिए ।

प्रदेश प्रमुख अधिकारीले मोरङको कटहरी गाउँपालिका–३ स्थित लोटस इन्डष्ट्रिज प्रालि, बुढीगङ्गा गाउँपालिकास्थित प्रिमियर इन्डष्ट्रिज प्रालि तथा सुनसरीको दुहवी नगरपालिका, सोनापुरस्थित एसिया बिस्कुट प्रालि र एसियन थाई फुड्स प्रालिको अवलोकन गरे । अवलोकनका क्रममा उद्योगका प्राविधिकहरुले उनलाई उद्योगका विविध पक्षका सम्बन्धमा राखिएको जिज्ञासाको जवाफ दिएका थिए ।

सो अवसरमा प्रदेश प्रमुख अधिकारीले उद्योगपतिहरुसँगको अनौपचारिक भेटघाटका क्रममा उत्पादित वस्तुको गुणस्तरमा ध्यान पु¥याउनुपर्नेमा जोड दिँदै भने, “कामदार, उद्योगी र सरकार यी तीन पक्षको ऐक्यबद्धता भयो भने उद्योग फस्टाउँछ र देश समृद्ध बन्छ ।” उनले उद्योगीहरुलाई सरकारको सदैव साथ समर्थन रहने बताए ।

lcci
You might also like

Comments are closed.