मुख्यमन्त्री गुरुङको एन्टिजिन परीक्षण पोजेटिभ, पिसिआर रिपोर्ट आउन बाँकी

 

पोखरा । हल्का ज्वरोसहित बिरामी भएपछि गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले एन्टिजिन परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको छ ।

एन्टिजिन परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि मुख्यमन्त्री गुरुङले पिसिआर टेष्ट गराएका छन् । पिसिआर टेष्टको रिपोर्ट भने आउन बाँकी छ ।

मुख्यमन्त्री गुरुङ कन्ट्रयाक ट्रेसिङमा परेका थिए । उनका प्रेस संयोजक विक्रम न्यौपानेलाई कोरोना संक्रमण भएपछि ३ दिनदेनि होम आइसोलेसनमा छन् ।

You might also like

Comments are closed.