व्यवसायीको घर,जग्गा बहालमा ५० प्रतिशत सहुलियत प्रदान गर्न पोखरा पर्यटन परिषदको आग्रह

पोखरा ।
पर्यटन व्यवसायीको घर,जग्गा बहालमा सहुलियत प्रदान गर्न पोखरा पर्यटन परिषदले आग्रह गरेको छ । आईतवार एक अपिल जारी गरी पर्यटन व्यवसायीले सो आग्रह गरेका हुन । विश्वमा कोरोना महामारी शुरु भए सगै पर्यटन व्यवसाय ठप्प भएको छ ।

पर्यटन व्यवसायीहरु पलायन भएमा समग्र पर्यटन क्षेत्रमा नै लामो समयसम्म नकरात्मक प्रभाव पर्ने हुनाले पर्यटन क्षेत्रमा आफ्नो स्थीर सम्पत्ति भाडामा लगाउने घर धनि महानुभावहरु र पर्यटन व्यवसायीहरुले एक आपसको मर्का बुझि व्यवसायको निरन्तरता हुने अवस्था सृजना गर्नका लागि दुवै पक्ष संयमता एव जिम्मेबारी बोधका साथ अगाडी बढ्नुपर्ने विज्ञप्तीमा जनाईएको छ । कोरोना महामारीको असर नहटेसम्म भाडामा कम्तिमा पनि ५० प्रतिशत सहुलियत प्रदान गर्न पर्यटन व्यवसायीले आग्रह गरेका छन ।

सहज आवातजावत गर्नसक्ने वातावरण भएको स्पष्ट घोषणा नहुदाँ सम्म कुनै पनि व्यक्ति ढुक्क संग आवतजावत गर्न सहज र विश्वासिलो वतावरण नवन्दा सम्म पर्यटन व्यवसायको पुनरुत्थान गर्न नसकिने परिषद्का महासचिव डिल्ली प्रसाद गौतमले बताए ।

You might also like

Comments are closed.