पोखरा पर्यटन परिषदद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

पोखरा । पर्यटन तथा निजी क्षेत्रको छाता संस्था पोखरा पर्यटन परिषदको पहलमा छिमेकी राष्ट्र चिनबाट आयात भएका कोरोना संक्रमितको लागि अत्यावश्य अक्जिसन कन्सन्ट्रेटर मेशिन सहित आवश्यक स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको छ ।

करिब ११ लाख मूल्य बराबरको उक्त्त सामाग्री खरिदका लागि Namaste Community Foundation -Nepal, Nepalese Association Georgia & Nepali Culture Center, Honorary of Public Relation  Representative (HPRR) for Georgia, USA Mr. Deepak Pahari , Hotel Mount Kailash Resort, Paradiso Sports & Bar, Hotel Lake Shore, Temple Tree Resort & Spa, Easy Export & Import Service र पोखरा पर्यटन परिषदसंग आवद्ध संस्थाहरु पश्चिमाञ्चल होटल संघ पोखरा, टान पश्चिमाञ्चल क्षेत्रिय संघ पोखरा, नाट्टा गण्डकी प्रदेश पोखरा, रेवान पोखरा, टेसा पोखरा, एगा पोखरा, नेपाल हवाई खेलकुद संंस्था पोखरा, नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकी प्रदेश पोखरा, नेपाल पर्वतारोण संघ गण्डकी प्रदेश पोखरा र भिटोफ नेपाल गण्डकी प्रदेश पोखराबाट आर्थिक सहयोग रहेको पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले जानकारी दिए ।

पोखरा लेकसाइड स्थीत होटल माउन्ट कैलाश रिसोर्टमा आइतबार गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यता र पोखरा महानगरपालिकाका मेयर मान बहादुर जि.सीको विशेष आतिथ्यतामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी हस्पिटल), मातृशिशु मितेरी अस्पताल बाटुलेचौर र संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथमा उक्त स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको हो ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.