घर,जग्गा बहालमा सहुलियत प्रदान गर्न पर्यटन परिषद्को आग्रह

पोखरा । कोभिड १९ का कारण जारी निषेधाज्ञाले पर्यटन व्यवसाय ठप्प छ । पहिलो चरणको कोरोना देखिएसँगै सरकारले गरेको लकडाउनले व्यवसायमा प्रत्यक्ष असर पर्यो । २०७७ असारबाट लकडाउन केही खुकुलो बनाउँदै लगेपछि छिटफुट रुपमा आन्तरिक पर्यटनका गतिविधि हुन थालेका थिए । दोस्रो चरणको भेरियन्ट देखिएपछि २०७८ वैशाख १५ बाट सरकारले निषेधाज्ञा जारी गरे पश्चात पर्यटन क्षेत्र पूर्ण रुपमा ठप्प छ ।

बैंकबाट करोडौको ऋण लिएर व्यवसायमा लगानी गरेका व्यवसायीहरु विद्यमान परिस्थितीले निकै हतोत्साही हुन पुगेको बताइएको छ । पर्यटन व्यवसाय मानीसको घुमफिर लगायतका गतिविधिले मात्र सम्भव हुने पेशा भएकोले कोभिड १९ संक्रमणले सबैभन्दा बढी मारमा परेको व्यवसाय पर्यटन व्यवसाय रहेको व्यवसायकिो भनाइ छ । खोपको विकास भइसके पनि पूर्ण रुपमा सबैलाई खोपको सुनिश्चितता हुन नसकेकोले पर्यटन व्यवसाय पूर्ववत अवस्थामा फर्कन अझै केही वर्ष कुर्नुपर्ने वइवसायी बताउछन् ।

कोरोना भाइरससँग जुध्दै आर्थिक संकटको सामना गरिरहेका पर्यटन व्यवसायीहरुलाई व्यवसायबाट पलायन हुनबाट रोक्न सबैको साथ र सहयोग आवश्यक देखिएको पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी बहादुर भट्टराईले बताए । लकडाउन अवधि भरको घर तथा जग्गा भाडा आपसी समझदारीमा समाधान गर्नुहुन र कोभिड १९ को असर पूर्ण रुपमा हटेर पर्यटकीय गतिविधि सूचारु नभएसम्म कम्तीमा ५०% सहुलियत प्रदान गरी पर्यटन व्यवसायीलाई पलायन हुनबाट जोगाउन सम्पूर्ण घर तथा जग्गा धनीहरुलाई निजि तथा पर्यटनसंग सम्बन्धित संघ संस्थाहरुको छाता संस्था पोखरा पर्यटन परिषदले अपिल गरेको छ ।

व्यवसाय रहे व्यवसायी रहने भएकाले व्यवसायीलाई यस क्षेत्रबाट पलायन हुन नदिन नै घर तथा जग्गा धनीहरुले संकटको सामनाका लागि हातेमालो गरेर उदारता देखाउन पोखरा पर्यटन परिषदको आग्रह छ ।

You might also like

Comments are closed.