पर्यटनमा आबद्ध सबैलाई तत्काल खोपको व्यवस्था गर्ने स्वास्थ्य राज्यमन्त्रीको प्रतिबद्धता

काठमाडौं । पर्यटन व्यवसायमा आबद्ध सम्पूर्णलाई तत्काल खोपको व्यवस्था गर्ने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले प्रतिबद्धता व्यक्त गरेका छन् । पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराई र रेवान पोखराका प्रथम उपाध्यक्ष नरेश भट्टराईसँगको भेटमा मन्त्री श्रेष्ठले उक्त प्रतिबद्धता गरेका हुन् ।

पर्यटन क्षेत्रमा फ्रन्टलाइनमा कार्यरत कर्मचारी, पर्यटन व्यवसायी, पर्यटन मजदुरहरुको लागि आवश्यक खोप उपलब्ध गराउन व्यवसायीहरुले माग गरेका थिए । पर्यटनमा आबद्ध सबैलाई खोप उपलब्ध गराउन मन्त्री श्रेष्ठले स्वास्थ्य विभागका महानिर्देशकलाई समेत निर्देशन दिएको परिषदका अध्यक्ष गोपी बहादुर भट्टराईले जानकारी दिए ।

खोप पाएपछि मात्रै व्यवसाय सञ्चालन गर्न सकिने भन्दै पर्यटन व्यवसायीहरुले तत्काल खोप पाउनुपर्ने माग गर्दै आएका छन् ।

jutta mela

You might also like

Comments are closed.