पर्यटन विकासका लागि निजी क्षेत्रसँगको सहकार्य आवश्यक

पोखरा । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी बरालले पर्यटनबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन् । पोखरा पर्यटन परिषद्ले दशै , तिहार, छठको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमा मन्त्री बरालले पर्यटन आर्थिक समृद्धिको आधार भएकाले निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन विकासमा जुट्न प्रदेश सरकार तयार रहेको बताए ।

कोभिड १९ को महामारिले सुस्ताएको पर्यटन लाई चलायमान बनाउन पोखराको हिमा गृह, रत्न मन्दिर लगायतका नयाँ पर्यटकीय गन्तब्य खुलाउन पहल गर्ने उनले बताए । अन्तराष्ट्रिय विमानस्थल पश्चात पर्यटकका लागि सुरक्षित गन्तब्यमा पुर्याउन फाष्ट ट्रयाकको आवश्यकता औल्याउँदै यसमा ध्यान दिने उनले बताए । पर्यटनलाई निर्वाहमुखी र तटस्थतावादी सोचबाट माथि उठाउन जरुरी रहेका औल्याउँदै सुखी नेपाली समृद्ध नेपालको अभियानलाई सफल पार्न नीजि क्षेत्र र सकारबीच छलफल गरेर कार्ययोजना तय गर्नुपर्नेमा जोड दिए । महामारीको सामना गरिरहेका व्यवसायीलाई बैंक तथा वित्तिय संस्थाबाट आवश्यक सहयोग नभएको गुनासोलाई सम्बोधन गर्न पहल गर्ने बताए साथै उनले प्रदेश स्तरीय बैंकको आवश्यता समेत औल्याए ।

कार्यक्रमा गण्डकी प्रदेशका प्रदेश सभा सदस्य राजीव पहारीले लेकसाइड पर्यटनको मुटु भएकाले यसलाई जोगाउनु पर्ने आवश्यता रहेको जनाउँदै पर्यटन मैत्री वातावरणका लागि तीनै तहको सरकारले ध्यान दिन जरुरी रहेको औल्याए । सांसद पहारीले कोभिडका कारण लगानी डुबाउन बाध्य व्यवसायीको हितका लागि ल्याएका मौद्रिक नीति तथा व्यवसाय पुर्नजीवन कोषको रकम पहुँच हुनेले मात्र पाउन सकेको भन्दै सहज व्यवस्थाका लागि प्रदेश सरकारलाई आग्रह गरे । पोखराको पर्यटन परम्परागत रुपबाट अघि बढिरहेको जनाउँदै अब नयाँ गन्तब्यको खोजी र प्रचार प्रसार आवश्यक रहेको उनको भनाइ थियो ।

jutta mela

परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराइले पोेखराको पर्यटन चलायमान बनाउन सरकारले विशेष प्याकेज सहित कार्यक्रम ल्याउन आग्रह गरे । उनले भने,¨व्यवसायीका अनगिन्ति समस्या छन्, सरकारले बुझ्न पर्यो । आर्थिक समृद्धिको आधार पर्यटनलाई चलायमान बनाउन सरकारले प्योकज ल्याओस् हामी साथ दिन्छौ ’’ देशको अस्थिर राजनीतिकको शिकार व्यवसायी भएको जनाउँदै सरकारले आफैले ल्याएको नीति कार्यक्रमको पालन गर्न नसकेको गुनासो गर्नुभयो । “सरकारलै नीति कार्यक्रम ल्याउने तर कार्यान्वयनमा चासो नदिँदा व्यवसायी मर्कामा परेका छन ।” उनले पर्यटन आर्थिक समृद्धिको आधार भनेर भनिरहँदा पर्यटन क्षेत्रमा लगानी गर्न सरकारले चासो नदिएको बताए । हरेक कुरा केन्द्रीकृत मानसिकताले गर्दा पोखराका पर्यटन व्यवासायीले संघीयताको महसुस गर्न नपाएको उनको भनाइ छ ।

कार्यक्रममा वडा न ६ का वडा अध्यक्ष जगत पाहारी, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष गोकर्ण कार्की, परिषदका उपाध्यक्ष पोमनारायण श्रेष्ठ, सचिव तारानाथ पहारी लगायतले पर्यटन पुनरुत्थानको आवश्यता सम्बन्धि धारणा राखेका थिए ।

You might also like

Comments are closed.