पोखरा । पोखरा पर्यटन परिषद्को २६औँ साधारण सभा तथा १४औँ अधिवेशनबाट निर्वाचित हरि भुजेल नेतृत्वको नयाँ कार्यसमितिको पदस्थापन भएको छ।
समितिको प्रथम उपाध्यक्षमा हरिराम अधिकारी, द्वितीय उपाध्यक्षमा नारायणप्रसाद सुवेदी र महासचिवमा मिलन तिवारी चयन भएका छन्। सचिवमा बाबुराम पाण्डे र सहकोषाध्यक्षमा शोभाकुमारी अधिकारी चयन भएका छन् ।
सदस्यमा जीवनराज सापकोटा, सुनिल भट्टराई चयन भएका छन् । निबर्तमान अध्यक्ष तारानाथ पहारी पदेन सदस्य रहनेछन् ।
पदस्थापनपछि अध्यक्ष भुजेलले पोखरालाई सुरक्षित, वेलनेस र सांगीतिक गन्तव्यका रूपमा विकास गर्दै अन्तर्राष्ट्रिय प्रवर्द्धनमा जोड दिने प्रतिबद्धता जनाए।



Comments are closed.