‘पोखरा विश्वविद्यालयमा टिचिङ अस्पताल अपरिहार्य’, मुख्यमन्त्री गुरुङ सकारात्मक

पोखरा । पोखरा विश्वविद्यालयमा टिचिङ अस्पताल सञ्चालनका लागि आवश्यक पर्ने प्राविधिक स्टिमेट सहितको समग्र अवधारणा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बुझाइएको छ ।

विश्वविध्यालयका भिसी प्रा.डा. प्रेमनारायण अर्याल, रजिस्ट्रार सह प्रा.डा दीपक भण्डारी र डिन डा. अमर नागिला सहितको टिमले उक्त अवधारणा मुख्यमन्त्री गुरुङलाई सोमबार बुझाएका हुन् । विश्वविद्यालयमा टिचिङ अस्पताल संचालन गर्न अत्यन्तै अपरिहार्य रहेको उक्त अवसरमा बोल्दै भिसी अर्यालले बताए ।

विश्वविद्यालयको प्रस्तावमा मुख्यमन्त्री गुरुङ सकारात्मक रहेको बताइएको छ । ‘हाम्रो यस गहन अवधारणामा उहाँ (मुख्यमन्त्री) ले ऐक्यबद्धता जाहेर गर्नुभएको छ,’ डिन अमर नागिलाले भने । प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने मुख्यमन्त्री गुरुङले प्रतिबद्धता व्यक्त गरेका छन् ।

You might also like

Comments are closed.