पोखरा विश्वविद्यालय हेल्थ एण्ड अलाइड साइन्सले पायो महिला निर्देशक

काठमाडौं । पोखरा विश्वविद्यालयको स्कुल अफ हेल्थ एन्ड एलाइड साइन्सको निर्देशकमा बिमला भट्ट नियुक्त भएकी छन् । केही वर्षदेखि पोखरा विश्वविद्यालयमा अध्यापनरत भट्ट निर्देशकमा नियुक्त भएकी हुन् । धादिङमा जन्मिएर काठमाडौं बस्दै आएकी उनी पोखराकै गण्डकी मेडिकल कलेजमा ४ वर्ष अध्यापन गराएकी थिइन् । गण्डकी मेडिकल कलेजमा कम्युनिटी मेडिसिनमा हेड अफ डिपार्टमेन्टको साथै एसोसिएट प्रोफेसर भइसकेकी छन् । बिराटनगरको नोबेल मेडिकल कलेजमा समेत अध्यापन गराइसकेकी छन् उनी ।

पोखरा विश्वविद्यालय कार्यकारी परिषद्ले विश्वविद्यालयका विभिन्न रिक्त पदहरूमा विभिन्न पदाधिकारीहरूलाई नियुक्ति गरेको छ । यसरी नियुक्ति हुने अन्य पदाधिकारीहरूमा पोखरा विश्वविद्यालय व्यवस्थापन संकायको डीन पदमा स्कूल अफ बिजनेशका सह-प्राध्यापक डा। दयाराज ढकाल, पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रको कार्यकारी निर्देशक पदमा स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेजका उप-प्राध्यापक डा। नमराज धामी, पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेशको निर्देशक पदमा स्कूल अफ बिजनेशका उप–प्राध्यापक डा। श्रृजना ज्ञवाली, पोखरा विश्वविद्यालय स्कूल अफ ईञ्जिनियरिङको निर्देशक पदमा स्कूल अफ ईञ्जिनियरिङका उप–प्राध्यापक ई. ओम प्रकाश गिरी छन् ।

पोखरा विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रको कार्यकारी निर्देशक पदमा स्कूल अफ बिजनेशका उप–प्राध्यापक डा। पूर्ण बहादुर खाँड, पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक पदमा स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेजका सह–प्राध्यापक डा। दिपेन्द्र कुमार यादव, पोखरा विश्वविद्यालय विद्यार्थी कल्याण एवम् अतिरिक्त क्रियाकलाप निर्देशक पदमा स्कूल अफ ईञ्जिनियरिङका उप–प्राध्यापक माधव प्रसाद पौडेल तथा पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको सह–परीक्षा नियन्त्रक पदमा स्कूल अफ बिजनेशका उप–प्राध्यापक दिपमाला श्रेष्ठलाई नियुक्ति गरिएको छ । नवनियुक्त डीन तथा निर्देशकरूको पदावधि ४ ९चार० वर्ष र सह–नियन्त्रकको पदावधि २ ९दुई० वर्ष छ ।

नवनियुक्त पदाधिकारीहरूलाई विश्वविद्यालयका उपकुलपति प्रा।डा। प्रेमनारायण अर्याल तथा रजिष्ट्रार डा। दिपकबहादुर भण्डारीले खादा लगाएर पुष्पगुच्छासहित बधाई दिंँदै स्वागत गरेका थिए । नव नियुक्त पदाधिकारीहरूले शुक्रबार नै सम्बन्धित निकायमा आ-आफ्नो पदभार समेत ग्रहण गरेका छन् ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.