सार्वजनिक बिदाले निजी क्षेत्र आजित

काठमाडौं ।  आम निर्वाचनको आसपासमा करिब एक साता बिदा पर्‍यो । सरकारले फागुन २० देखि २२ गतेसम्म तीन दिन सार्वजनिक बिदा निर्वाचनका लागि दियो ।

त्यसअघि फागुन १८ गते सोमबार ५६ वटा जिल्लामा र १९ गते तराईका २१ जिल्लामा फागु पूर्णिमाको बिदा भयो । यस्तै २३ गते शनिबार पर्‍यो । यस आधारमा एक साता सार्वजनिक बिदा भयो । अझ महिलाहरूका लागि फागुन २४ गते नारी दिवसको बिदा छ ।

करिब ८० दिन भन्दा बढी २०८२ मा दिने निर्णय गरेको सरकारले आगामी २०८३ सालमा शनिवार र विभिन्न चाडपर्व, जयन्तीलगायत गरी १०९ दिन सार्वजनिक बिदा दिँदैछ । कतिपय दिन देशभर र कतिपय दिन सम्बन्धित क्षेत्र र समुदायका लागि बिदा तोकिएको छ । सरकारले आठ प्रकारका बिदा निर्धारण गरेको छ ।

जसअन्तर्गत २०८२ मा शनिबार ५२ दिन सार्वजनिक बिदा तय गरिएको छ । त्यस्तै, पर्व बिदा सबैले पाउँछन् । महिला कर्मचारी, शिक्षण संस्था, जात्रा, दिवस, अपाङ्गता भएका कर्मचारी, जयन्ती र दिवसमा कतिपय देशभर र कतिपय सम्बन्धित क्षेत्र तथा समुदायका व्यक्तिका लागि बिदा निर्धारण गरिएको छ । यससँगै विदेशस्थित नेपाली नियोगले सम्बन्धित मुलुकको बिदालाई समेत ध्यानमा राखेर १८ दिनसम्म सार्वजनिक बिदा आफैले व्यवस्थापन र समायोजन गर्न पाउँछन् । प्रदेश र स्थानीय सरकारले पनि आआफ्नो क्षेत्रको धर्म, संस्कृतिका आधारमा थप ६ दिन सार्वजनिक बिदा दिन पाउँछन् ।यसरी अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित बन्न थालेको छ । सार्वजनिक बिदाका कारण मजदुरहरू काममा नआउने, सरकारी कामहरू समेत नहुँदा समस्या पर्न थालेको निजी क्षेत्रका अगुवाहरूले बताउन थालेका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक बिदाहरू अत्याधिक हुँदा काममा असर पर्न थालेको बताए । उनकाअनुसार भूगोल र जनसंख्याको हिसाबले नेपाल सानो भए पनि सार्वजनिक बिदा दिन प्रचलन बढी हुँदा यसको असर काममा पर्न थालेको छ । हरेक समुदायका सबैले बिदा प्राप्त गर्दा नेपालमा काम गर्ने दिन भन्दा सार्वजनिक बिदा धेरै हुन थालेको उनको भनाइ छ । बिदाहरूका कारण मुलुकको विकाससँगै अर्थतन्त्रलाई पछाडि धकेलिरहेको बताउँदै उनले बिदाका कारण सरकारी कर्मचारी घर बसदिँदा निजी क्षेत्रले ठुलो क्षति व्यहोर्नुपरिरहेको उनको भनाइ छ ।

You might also like

Comments are closed.