गण्डकी प्रदेशमा २० वर्ष नाघेका सार्वजनिक सवारी साधन सञ्चालन गर्न नपाइने

पोखरा । गण्डकी प्रदेशमा अब २० वर्ष नाघेका सार्वजनिक सवारी साधनहरु सञ्चालन गर्न नपाइने भएको छ । यातायात व्यवस्था कार्यालय कास्कीले एक सूचना जारी गर्दै अबदेखि गण्डकी प्रदेशमा २० वर्ष नाघेका सार्वजनिक सवारी साधनहरु (ट्याक्सी, भ्यान, जिप, पिकअप, बस, ट्रकलगायतका) सञ्चालन गरेको पाइए कारबाही गरिने जनाएको छ ।

प्रदेशमा २० वर्ष नाघेका सार्वजनिक सवारी साधनहरु गुडिरहेको गुनासो आएको भन्दै कार्यालयले उक्त अवधि नाघेका सावरी सञ्चालन नगर्न आग्रह गरेको छ ।

‘२० वर्ष नाघेका सार्वजनिक सवारी साधनहरु सडकमा गुडिरहेको गुनासोहरु यस कार्यालयमा प्राप्त भएकोले २० वर्ष अवधि नाघेका उक्त सवारी साधनहरु प्रयोग नगर्नु हुन तथा प्रयोग भएको पाइएमा आवश्यक कारबाही हुने व्यहोरा यसै सूचनाद्वारा सूचीत गरिन्छ– कार्यालय प्रमुख डिल्लीराम रिजालद्वारा जारी सूचनामा भनिएको छ ।

साथै कार्यालयले गण्डकी प्रदेशका कास्की, स्याङ्जा, तनहुँ, लमजुङ, गोरखा, नवलपुर, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङ र मनाङ जिल्लामा २० वर्ष नाघेका सार्वजनिक सवारी साधनहरु सञ्चालन गरेको पाइए जफत गरि कारबाहीका लागि सिफारिस पठाइ दिन प्रदेश ट्राफिक प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई आग्रह गरेको छ ।

lcci
You might also like

Comments are closed.