काठमाडौं । आज हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सरकारले देशभर सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ । अनुमति प्राप्त सवारी बाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन नहुने र सीमा नाकाहरू समेत सिल गरिने जनाइएको छ ।
यातायात बन्दसँगै हवाई उडानसमेत प्रभावित हुने अनुमानका बीच नेपाल वायुसेवा सञ्चालक संघले आन्तरिक हवाई सेवा सुचारु रहने स्पष्ट पारेको छ । संघका प्रवक्ता Muralidhar Joshi द्वारा जारी विज्ञप्तिअनुसार सदस्य वायुसेवा कम्पनीहरूले आवश्यकता अनुसार उडान सञ्चालन गर्नेछन् ।
संघले यात्रुहरूलाई सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गरी उडान समय र उपलब्धता सुनिश्चित गर्न आग्रह गरेको छ । सडक यातायात ठप्प रहने भए पनि हवाई मार्ग खुला रहने निर्णयले आकस्मिक तथा लामो दूरीका यात्रुहरूलाई राहत मिल्ने अपेक्षा गरिएको छ ।




Comments are closed.