एनपीएलको ‘टु–ह्विलर पार्टनर’ पल्सर, उत्कृष्ट तीन खेलाडीलाई एन १६० पुरस्कार

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि गोल्छा ग्रुपको पल्सर बाइक ‘टु–ह्विलर पार्टनर’ बनेको छ । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा र नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काबीच सहकार्य सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार एनपीएलका उत्कृष्ट तीन खेलाडीलाई पल्सर N160 मोटरसाइकल प्रदान गरिनेछ । सर्वाधिक रन बनाउने ब्याट्सम्यान, सर्वाधिक विकेट लिने बलर र उत्कृष्ट उदीयमान (इमर्जिङ) खेलाडीले मोटरसाइकल पाउनेछन् ।

सम्झौतापछि अभिमन्यु गोल्छाले पल्सर ब्रान्ड सधैं खेलकुद र युवा उर्जासँग जोडिने भन्दै एनपीएलमार्फत नेपाली क्रिकेटलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । क्यानका सचिव पारस खड्काले पल्सरसँगको सहकार्य नेपाली क्रिकेटका लागि सकारात्मक कदम भएको बताए ।

नेपाल प्रिमियर लिगको दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुने छ ।

You might also like

Comments are closed.