विपन्नलाई पूर्वाञ्चल क्यान्सर अस्पतालले गरिदियो निःशुल्क स्वास्थ्य बीमा

बिर्तामोड । पूर्वाञ्चल क्यान्सर अस्पतालले गरिब, विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरेको छ । शनिबार अर्जुनधारा नगरपालिका–२ र ३ का ६७ परिवारलाई अस्पतालले निःशुल्क स्वास्थ्य बीमा गरेको हो ।

अस्पतालका अध्यक्ष दुर्गाप्रसाद प्रसाईँले शनिबार अर्जुनधारा नगरपालिकास्थित खुदुनाबारीमा आयोजित कार्यक्रममा ती विपन्न, गरिब परिवारलाई स्वास्थ्य बिमाको कार्ड वितरण गरेका हुन् ।

कार्यक्रममा संविधानसभा सदस्य प्रेम गिरीले गरिब, आर्थिक अवस्था कमजोर भएका व्यक्ति बिमाको पहुँचमा पुग्न नसकेकाले अस्पतालले बिमा गरिदिएर स्वास्थ्य सेवामा पाउने बताए ।

अस्पतालका अध्यक्ष प्रसाईँले सामाजिक उत्तरदायित्वअनुसार गरिब, विपन्न परिवारलाई आफूले निःशुल्क बिमा गरेको बताए ।। उनले गरिब, आर्थिक अवस्था कमजोर भएर बिमा गर्न नसकेका त्यस्ता नागरिकलाई बिमा गरेर स्वास्थ्यमा पहुँच पु¥याउन थालिएको समेत बताए । सतसठ्ठी ६७ घरपरिवारका करिब ३०० व्यक्तिले वार्षिकरूपमा निःशुल्क रु एक लाख बराबरको स्वास्थ्योपचार पाउनेछन् ।

उनका अनुसार यस वर्ष अस्पतालले गरिब, विपन्न, आर्थिक अवस्था कमजोर भएका एक हजार परिवारलाई स्वास्थ्य बिमा निःशुल्क गरिदिने बताए ।

वडा नं २ का अध्यक्ष रघु खनालले अर्थावस्था कमजोर भएका व्यक्तिले बिमाको रकम तिर्न नसकेर स्वास्थ्य सेवाबाट बञ्चित हुनुपरेको अवस्थामा अस्पतालले निःशुल्क बिमा गरिदिएर स्वास्थ्य सेवा प्रदान गर्न थालेको बताए । बिमितले एक वर्षसम्म रु एक लाख बराबरको स्वास्थ्य सेवा निःशुल्क अस्पतालबाट पाउनेछन् ।

अस्पतालका अध्यक्ष प्रसाईँले ती बिमितको वार्षिकरूपमा अस्पतालले नै नवीकरण गर्ने जानकारी दिए । एक घर परिवारमा रु तीन हजार ५०० मा बिमा गरे एक वर्षसम्म रु एक लाख बराबरको स्वास्थ्य सेवा पाइने गरिन्छ । सरकारले विसं २०७२ देखि कैलाली जिल्लाबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको हो । अहिले ७५ जिल्लामा बिमा कार्यक्रम सञ्चालन भएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.