पियोर इभीको डिलर भक्तपुरको लोकन्थलीमा

काठमाडौं । भारतीय इलेक्ट्रिक ब्राण्ड पियोर इभीको शोरुम भक्तपुरको लोकन्थलीमा सञ्चालनमा आएको छ । थर्ड विल प्रा.लि.ले इभीको डिलर लिएर शोरुम सञ्चालनमा ल्याएको हो । शोरुमको उद्घाटन शुक्रबार भएको छ ।

पियोर इभी स्कुटरका लागि नेपालको आधिकारिक बिक्रेता ह्वाइट लोटस मोटर्स प्रा.लि. हो । काठमाडौंको नक्साल र बबरमहलमा आफ्नै शोरुम स्थापना गरेर प्रा.लि.ले पियोर इभीका स्कुटरको प्रदर्शनी, बिक्री तथा बुकिङ गरिरहेको छ ।

भारतको हैदराबादमा निर्मित अत्याधुनिक प्रविधियुक्त इलेक्ट्रिक स्कुटर नेपाली बजारमा लोकप्रिय हुने कम्पनीले विश्वास लिएको छ । ११६ किमीसम्म एक चार्जमा चलाउन सकिने, ३ वर्ष अथवा ४० हजार किमीसम्मको वारेन्टी भएको पियोर इभी स्कुटर खरिद गर्दा बैंकहरुबाट सहज फाइनान्स सुविधा उपलब्ध हुने ह्वाइट लोटस मोटर्स प्रा.लि.का प्रवन्ध निर्देशक अशोक खड्गीले बताए ।

jutta mela

पियोर इभी स्कुटर नेपाली सडक र हावापानी सुहाउने गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ । पियोर इभीको इप्लुटो ७ जिको मूल्य २ लाख ४९ हजार रुपैयाँ र इट्रान्स नियाको मूल्य २ लाख २९ हजार रुपैयाँ तोकिएको छ ।

You might also like

Comments are closed.