काठमाडौं । प्योर इभी इलेक्ट्रिक स्कुटरको ¥याली सम्पन्न भएको छ । प्योर इभीका लागि नेपालको आधिकारिक बिक्रेता ह्वाइट लोटस मोटर्सले द ग्रिन माइल र्याली शनिबार सम्पन्न गरेको हो । प्योर इभीको शोरुम नक्साल काठमाडौंबाट शुरु भएको र्याली धुलिखेलको धुलिखेल लज रिर्सोटसम्म पुगेको थियो ।
र्यालीमा ५० भन्दा बढी इलेक्ट्रिक स्कुटर चालकहरुको सहभागिता रहेको ह्वाइट लोटस मोटर्सका प्रवन्ध निर्देशक अशोक खड्गीले जानकारी दिए । PURE EV Flagship मोडेल EPLUTO 7G डिसेम्बर २०२० देखि नेपालमा बिक्री सुरु भएको थियो । अप्रिल २०२१मा नयाँ मोडेल Etrance NEO बिक्री सुरु गर्ने कम्पनीको योजना रहेको उनले जानकारी दिए ।
EPluto 7G २,२०० वाट मोटर, Removable 60 Volt 40 AH Lithium ion ब्याट्री भएको इलेक्ट्रिक स्कुटर हो । ३.५ घण्टामा यसको रिर्चाज गर्न सकिन्छ । ६० KM प्रति घण्टा तिव्र गतिमा र प्रति चार्ज ११६ चलाउन सकिन्छ ।
एक औसत व्यक्तिले पेट्रोलबाट चल्ने स्कुटर चलाउँदा भन्दा ब्याट्रीबाट चल्ने स्कुटर प्रयोग गर्दा वार्षिक अनुमानित ५० हजार रुपैयाँ बचत हुने खड्गी बताउँछन् । ‘वातावरण धुवाबाट प्रदुषित हुन कम हुन्छ भने पेट्रोलको पैसा र पेट्रोल पम्पमा गएर लाइन बस्दा हुने समय बचत हुन्छ,’ उनले भने, ‘पेट्रोल पम्पको लाइनले हुने ट्राफिक जाम पनि कम हुन्छ ।’
नेपालमा दुई पांग्रे विद्युतीय सवारीले छोटो समयमा नै लोकप्रियता पाएको खड्गी बताउँछन् । ‘नेपाल राम्रो तथा इन्धन बचत गर्ने प्रविधि प्रयोगको जहिले पनि अग्रपंक्तिमा छ,’ खड्गी बताउँछन्, ‘प्योर इभी स्कुटरहरु नेपालीहरुको व्यक्तिगत उपयोगका लागि वास्तवमै सर्वाेत्कृष्ट सवारी साधनको रुपमा लिन सकिन्छ ।’
प्योर इभी स्कुटरले नेपाल सरकारको नियम अनुसार Road Worthiness Test पास गरि दर्ता प्रक्रियाको अनुमति लिन सफल भएको छ । नेपालको ‘क’ वर्गको चार वटा बैंकसँग फाइनान्सिङ सुविधा उपलब्ध छ ।
Comments are closed.