पियोर इभीका इलेक्ट्रिक स्कुटर किन्दा २५ हजार बराबरको छुट

काठमाडौं । पियोर इभी ब्राण्डका इलेक्ट्रिक स्कुटर खरिद गर्दा ग्राहकले नगद छुट पाउने भएका छन् । पियोर इभीको इप्लुटो ७ जि र इट्रान्स नियो ब्राण्डको स्कुटर खरिद गर्दा नगद २५ हजार छुट प्रदान गर्न लागिएको हो । १५ हजार रुपैयाँ नगद छुट र एसेसरिजमा १० हजार रुपैयाँ छुट प्रदान हुनेछ । ह्वाइट लोटस मोटर्सले यो स्कुटरलाई नेपाली बजारमा भित्र्याएको हो ।

नयाँ वर्ष २०२१ को अवसरमा कम्पनीले ग्राहकका लागि विशेष छुट प्रदान गरेको ह्वाइट लोटस मोटर्सका प्रवन्ध निर्देशक अशोक खड्कीले जानकारी दिए । ‘यो छुटले गर्दा ग्राहकहरु लाभान्वित हुने हामाीले विश्वास लिएका छौं,’ उनले भने । छुट अफर जनवरीसम्म लागु हुनेछ ।

नेपाली सडक र हावापानी सुहाउने गरी डिजाइन गरिएकाले नेपाली बजारमा यी स्कुटर लोकप्रिय रहेको कम्पनीले विश्वास लिएको छ । इप्लुटो ७जिको मूल्य २ लाख ४९ हजार रुपैयाँ र इट्रान्स नियाको मूल्य २ लाख २९ हजार रुपैयाँ तोकिएको छ ।

jutta mela

यी स्कुटरमा २२ सय वाटको मोटर र हटाउन मिल्ने ६०भी ४०एएच लिथियम आयन ब्याट्री जडान गरिएको छ । यो ब्याट्री पूर्ण चार्ज हुन ४ घण्टा लाग्छ भने प्रतिघण्टा ६० किमी गतिमा स्कुटर गुड्न सक्छ । स्कुटरको रेन्ज ११६ किमी रहेको बताइएको छ ।

कम्पनीको शोरुम काठमाडौंको नक्साल, बबरमहल र भक्तपुरमा रहेको छ । काठमाडौं बाहिर डिलर विस्तारको तयारी भइरहेको कम्पनीले जनाएको छ । गत तिहारमा नेपालीमा पियोर इभी स्कुटरको बिक्री सुरुवात गरिएको थियो । छोटो समयमा नेपाली उपभोक्ताको विश्वास जित्न पियोर इभी ब्राण्ड सफल भएको कम्पनीले जनाएको छ ।

You might also like

Comments are closed.