विगतमा दालमोठ उत्पादनका लागि मेसिन तथा उपकरण थिएनन् हाते उद्योगहरु थियो । सिमित स्रोत साधन तथा सानो पुँजीबाट व्यवसाय संचालन हुन्थ्यो । अहिले नेपालमा दालमोठ उत्पादनका लागि प्रविधिको विकास हुँदै गएको छ र आधुनिक उपकरणको प्रयोग हुन थालेका छन् । व्यवसायलाई निर्वाहमुखी रुपमा मात्र सिमित नबनाई व्यावसायिक रुपमा प्रतिस्पर्धी बनाएर अगाडी बढाउनुपर्छ । खाद्यन्न भएकोले दालमोठले उपभोक्तको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्छ । खाद्य सामग्री उत्पादन गर्ने उद्योगी भएपछि गुणस्तरियता तथा सरसफाइमा पनि बिशेष ध्यान दिनुपर्छ । दालमोठ भुजिया लगायतका उत्पादनका क्षेत्रमा नेपालमा भारतीय बहुराष्ट्रिय कम्पनीका रुपमा लगानी भित्रिएको छ । ठुला ठुला ब्राण्ड नेपालमा आइसकेका छन् ।
दालमोठ उद्योगले दालमोठ भुजिया लगायतका सामग्री उत्पादन गर्छन् । अहिले चाउचाउ उद्योगले पनि दालमोठ भुजिया लगायतका सामग्री उत्पादन गर्ने गरेका छन् । बिस्कुट उथ्पादन गर्ने उद्योगले पनि दालमोठ, भुजिया उत्पादन गर्न थालेका छन् । यसले दालमोठ उद्योगलाई प्रत्यक्ष असर पारेको छ । दालमोठ उद्योग स्थानीय तथा क्षेत्रीय रुपमा संचालन भएकाले दालमोठ व्यवसायी पनि व्यवसाय विस्तारतर्फ लाग्नुपर्छ भन्ने मलाई लाग्छ । यस क्षेत्रमा चुनौतीर समस्याका साथसाथै सम्भावनाहरु धेरै छन् । चुनौती र समस्याका बबजुत दालमोठ उद्योग निरन्तर उत्पादनमा लागेका छन् । कतिपय अवस्थामा उद्योगीको पनि कमजोरी छन् । कतिपय उद्योगी व्यवसायीले बिक्री लुकाउने गरेको पनि पाइन्छ । फराकिलो सोचका साथ सहि तरिकाले उद्योग तथा व्यवसाय संचालन गरेर लागेको कर राज्यलाई तिर्नुपर्छ । राज्यले पनि उद्योगी व्यवासायीमैत्री नीति नियम बनाउनुपर्छ ।
विगतको तुलनामा अहिले दालमोठ र भुजियाको माग बढ्दो क्रममा छ र बजार विस्तार हुँदै गएको छ । तेलमा पकाएर बनाइने भएकाले दालमोठलाई प्रायः ‘जंक फुड’ को रूपमा बुझिने गरेको छ, तर दालमोठ अखाद्य वस्तु होइन । यसमा जडीबुटीबाट बनेका मसला प्रयोग गरिन्छ र केमिकलको प्रयोग हुँदैन । तुलनात्मक रूपमा अन्य धेरै खाद्य वस्तुभन्दा दालमोठ स्वास्थ्यका दृष्टिले सुरक्षित छ भन्ने सन्देश उपभोक्तासमक्ष प्रभावकारी रूपमा पु¥याउन सक्नुपर्छ ।आयात प्रतिस्थापन गर्न दालमोठ भुजिया उद्योगको पनि भुमिका छ । स्थानीय स्तरमा रोजगारी प्रदान गरिरहेको छ । देशको अर्थतन्त्र चलायमान बनाउन दालमोठ तथा भुजिया उद्योगले पनि भुमिका खेलिरहेका छन् ।




Comments are closed.