इक्यान उपाध्यक्षमा भट्टराईको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को उपाध्यक्षमा पुष्पराज भट्टराईले उम्मेदवारी घोषणा गरेका छन् । पुस २८ गते हुने २०औँ साधारण सभा तथा केन्द्रीय निर्वाचनका लागि उनले उम्मेदवारी सार्वजनिक गरेका हुन् ।

मिसन डक्टर प्रा.लि.का सञ्चालक समेत रहनुभएका भट्टराईले शैक्षिक परामर्श क्षेत्रको व्यावसायिक विकास र इक्यानको श्रीवृद्धिका लागि आफू चुनावी मैदानमा उत्रिएको बताएका छन् । उनले इक्यानको गरिमा र प्रतिष्ठालाई अझ उच्च बनाउने गरी कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘मलाई सम्पूर्ण मतदाता सदस्यज्यूहरूले विश्वास गरेर आफ्नो अमूल्य मत दिनुहुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु,’ उनले भने ।

भट्टराईले संस्थागत सुधार र सदस्यहरूको हितलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

You might also like

Comments are closed.