जंगलमा छाडिए पुष्पा र अञ्जली

काठमाडौं– बच्चा अवस्थामै आमा (माउ) बाट छुट्टिएका पुष्पा र अञ्जली (गैंडाका बच्चा) लाई चितवन राष्ट्रिय निकुञ्जले प्राकृतिक बासस्थानमा छाडेको छ ।

निकुञ्जले २०७६ पुस र २०७७ चैतमा जंगलबाट उद्धार गरि निकुञ्जको संरक्षणमा राखेका पुष्पा र अञ्जलीलाई आइतवार जंगलमा छाडेको निकुुञ्जका कार्यालयका सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिए ।

उनीहरू हुर्कदै गएको र गाउँ पसेर मानवीय क्षति पुर्याउने जोखिमलाई हेरेर प्राकृतिक बासस्थान लामिताल क्षेत्रमा छाडिएको उनले जानकारी दिए । उनीहरूको नियमित अनुगमन वन्यजन्त उद्दार, स्याहार तथा प्रजनन शाखाले गर्ने उनको भनाइ छ ।

You might also like

Comments are closed.