काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले नक्कली शरणार्थी प्रकरणमा सरकार सेलाएको आरोप लगाएका छन् । आइतवार संसद बैठकका बोल्दै लामिछानेले दोषी उम्काउने षडयन्त्र भएको तर्फ संकेत गरेका हुन् ।
उनले यो प्रकरण सिंगो देश र अन्तराष्ट्रिय समुदायसम्ममा जोडिएको भन्दै यत्तिकै सेलाउन नहुने भन्दै ‘ताप्के सेलाएको र बिँड तातेको’ भनेका छन् । ‘अहिले भएको शरणार्थीको काण्डमा ताप्को बिँड तात्यो तात्दै गएको ताप्के सेलाउँदै सेलाउँदै गएको छ । ताप्के नसेलाओस्, सिंगो देश र अन्तराष्ट्रिय समुदायले हेरेको छ । दोषी कोही पनि नउम्कियोस् । मिलीजुली एकअर्कालाई जोगाउने काम नगरियोस्, हामीले यसलाई नजिकबाट नियाली रहेका छौं ,’ उनले भने ।
Comments are closed.