काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा बीमा विज्ञ डा. रवीन्द्र घिमिरे नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई नियुक्त गरेको हो ।
पोखरा विश्वविद्यालय स्कुल अफ विजनेशका प्राध्यापक घिमिरेलाई सरकारले चार वर्षका लागि नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा नियुक्त गरेको हो ।
यस अगाडि बीमा समितिको अध्यक्षमा उनको चर्चा रहेपनि नियुक्ति पाउन सकेका थिएनन् ।
Comments are closed.