निर्माण व्यवसायी महासंघ र शर्मा एण्ड कम्पनीका संस्थापक राधाकृष्ण शर्माको निधन

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका संस्थापक उपाध्यक्ष राधाकृष्ण शर्माको उपचारको क्रममा मंगलबार निधन भएको छ । महासंघको स्थापनाकालदेखि नै महत्वपूर्ण योगदान दिइका ८६ वर्षीय शर्माको निधनबाट मर्माहत भएको महासंघले जनाएको छ ।

शर्मा देशको एक प्रतिष्ठित कम्पनीको रुपमा रहेको शर्मा एण्ड कम्पनी प्रालिका संस्थापक हुन् । उनले महासंघमा संस्थापक उपाध्यक्षसहित तीन कार्यकाल कार्य समिति उपाध्यक्ष र दुई पटक सल्लाहकारको भूमिका निर्वाह गरेका थिए ।

नेपालको निर्माण उद्योगको व्यावसायिक विकासमा अतुलनीय योगदान दिएका शर्मा हाल महासंघको मानार्थ सदस्य थिए । शर्मा महासंघले प्रदान गर्ने प्रतिष्ठित ‘एफक्यान ग्लोरी अवार्ड’ बाट समेत सम्मानित भएका थिए । स्वर्गीय शर्माका छोरा रमेश शर्मा महासंघको स्थापनाकालदेखि एसोसिएट सदस्यको रुपमा रहेको शर्मा एण्ड कम्पनी प्रालिका प्रबन्ध निर्देशक, महासंघका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार छन् ।

पशुपति आर्यघाटमा शर्माको शवमा महासंघका अध्यक्ष रवि सिंहले महासंघको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे । महासंघका महासचिव रोशन दाहालले मंगलबारै शोक वक्तव्य मार्फत् शर्माको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनप्रति हार्दिक समवेदना अर्पण गरेका छन् ।

You might also like

Comments are closed.