सहासिक जलयात्राका लागि ‘रिभर गाइड’ तालिम, ३४ जना सहभागी

काठमाडौं । सहासिक जलयात्राका लागि सक्षम बनाउने उद्देश्यसहित आयोजित ‘रिभर गाइड’ तालिम (लाइसेन्स कोर्ष) सुरु भएको छ । नेपाल एसोसिएसन अफ र्याफ्टिङ  एजेन्सिज (नारा) र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानद्वारा आयोजित तालिमको सोमबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ ।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रतिष्ठानका बोर्ड अफ डाइरेक्टर अच्युत गुरागाईंले दक्ष जनशक्ति उत्पादनका लागि तालिम फलदायी हुने विश्वास व्यक्त गरे । प्रतिष्ठानका कार्यकारी निर्देशक दीपक थापाको अध्यक्षतामा कार्यक्रम भएको हो ।

तालिम १५ दिनसम्म चल्ने बताइएको छ । १२ दिन सैद्धान्तिक र ३ दिन नदीमा प्रशिक्षण हुने नाराका महासचिव शिशीर खनालले जानकारी दिए । तालिममा ३४ जना प्रशिक्षार्थीहरु सहभागी छन् । तालिमलाई नेपाल पर्यटन बोर्डले सहकार्य गरेको छ ।

जलयात्रा व्यवसायका लागि आवश्यक पर्ने दक्ष रिभर गाइड उत्पादनका लागि तालिम सहयोगी हुने महासचिव खनालले बताए ।

You might also like

Comments are closed.