काठमाडौं । नेपाल र्याफ्टिङ एण्ड क्यानोइङ एसोसिएसनद्वारा आयोजित नवौं राष्ट्रिय कायक स्लालम च्याम्पियनसिप तथा पाँचौ राष्ट्रिय ¥याफ्टिङ च्याम्पियनसिप जारी छ । मंगलबार सुरु च्याम्पियनसिप बिहीबार सकिनेछ ।
त्रिशुली नदीमा जारी च्याम्पियनसिपमा ९ टिमका ९० जनाको सहभागिता छ । प्रतियोगिता अन्तर्गत मंगलबार र्याफ्टिङको प्रतिस्पर्धा भयो भने बुधबार र्याफ्टिङ र कायक स्लालम दुवै खेल हुनेछन् । बिहीबार समापनको दिन र्याफ्टिङ प्रतियोगिता हुनेछ ।
बिहीबार पुरस्कार वितरणसहित च्याम्पियनसिप समापन हुने एसोसिएसनका महासचिव सुदिप गौतमले जानकारी दिए । राष्ट्रिय खेलकुद परिसदका सदस्य सचिव रमेश सिलवालको प्रमुख आतिथ्यतामा बिहीबार समापन कार्यक्रम हुनेछ ।
कोभिड महामारीका कारण सुस्ताएको खेल पर्यटनलाई प्रवद्र्धन गर्न प्रतियोगिता सहयोगी हुने एसोसिएसनकी कार्यसमिति सदस्य रीता अधिकारीले बताइन् ।
Comments are closed.