नीति, नियम राम्रो भयो भने हाम्रो व्यवसाय सुध्रन समय लाग्दैन

राघव सीलवाल, उपाध्यक्ष, पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन (वाडा)

वाडामा कहिलेदेखि आवद्ध हुनुहुन्छ ?

म यसमा आवद्ध भएको धेरै भयो । अगाडि त म साधारण सदस्य मात्रै थिए । दुईवटा संस्था आपसमा जोडिएपछि २०६२ सालदेखि आवद्ध छु ।

विशेषगरी अहिलेसम्म कुन–कुन पदमा रहेर काम गर्नुभयो ?

jutta mela

सदस्यबाट प्रमुख सचिव, महासचिव, उपाध्यक्ष हुँदै अब वरिष्ठ उपाध्यक्षको तयारीमा छु ।

वाडाको वर्तमान कार्यकालमा उपाध्यक्ष भएर काम गर्नुभयो । यो कार्यकाललाई कसरी स्मरण गर्नुहुन्छ ?

वर्तमान कार्यकालमा कोभिडको महामारी भयो । जसले धेरै नै असर ग¥यो हाम्रो अटोमोबाइल व्यवासयलाइ । आयात नै रोकियो । त्यसका वावजुद सङ्क्रमणकै बेला पनि धेरै कामहरु त गरियो पनि । कोभिड सङ्क्रमण भएका सदस्यहरुलाई पाल्नै सक्ने अवस्था थिएन । त्यसपछि विस्तारै अवस्था त सामान्य बन्दै गयो ।

आगामी कार्यकालमा तपाई वरिष्ठ उपाध्यक्षको तयारीमा हुनुहुन्छ । आगामी योजना के हुनुपर्छ भन्ने सुझाव दिनु हुन्छ ?

आगामी कार्यकालमा पनि सबै साथीहरुको सुझाव लिएर नै अगाडि बढ्नुुपर्छ । अहिले बैंकको व्याजलगायतका समस्याहरु छन् । नीति नियममै बस्नेहरुका कारण गाह्रो भइरहेको छ । त्यसमा अलिकति सक्षम नेतृत्व आयो भने हामीहरुलाई पनि सहज हुन्छ ।

कोभिडको समयमा बैंकिङ क्राइसिस, एलसीमा कडाइलगायतका कारणले अटो मोबाइल व्यवसायमा कतिको असर गर्यो ?

त्यसले त प्रत्यक्ष असर गर्यो । व्यवसायलाई अघि बढाउन पनि गाह्रो भयो । यद्यपि यो सबै क्षेत्रको समस्या थियो । आर्थिक रुपमा जनजीवन मात्र होइन मुलुकमा पनि चौतर्फी असर गरयो । हाम्रो व्यवसायलाई पनि असर गर्यो ।

तपाईं विशेषगरी स्पेयर्स पार्टसको व्यवसायमा आवद्ध हुनुहुन्छ । अटोमोबाइलमा पनि स्पेयर्स पार्टसको व्यवसाय कस्तो छ ?

यसको भविष्य धेरै राम्रो छ । मोटर आउने मात्रै होइन । मोटर भनेको घर जस्तो होइन एक ठाउँमा थपक्क बसिरहने, यो त गुड्छ । यसको काम नै गुड्ने हो । मान्छेलाई एक ठाउँबाट अर्को ठाउँसम्म लैजाने माध्यम नै सवारी साधन हो । गुड्ने वित्तिकै यो ढिलो चाडो बिग्रिन्छ नै । यदि स्पेयर्स पार्ट भएन भने त मोटरको आयात गरेर कुनै मतलव नै भएन । अर्वौं लगानी गरेका गाडीहरु थन्किहाल्छ ।

अन्त्यमा के भन्न चाहानु हुन्छ ?

आगामी अधिवेशनमा चुनावबाट नयाँ नेतृत्व आउँछ । सरकार, स्थानीय तह सबै सक्षम आइदिएर नीति नियम अलि राम्रो बन्यो भने हाम्रो व्यवसाय सुधार हुन धेरै गाह्रो छैन । दु्रत गतिमा विकास भइरहेको भारत जस्तो देश हाम्रो छिमेकी छ । नीति नियममा बस्नेहरुले अर्थसम्बन्धी राम्रो ज्ञान भएका विज्ञहरुसँग सुझाव सल्लाह लिएर काम गर्न सक्यो भने व्यवसाय विस्तारमा मद्दत पुग्छ ।

You might also like

Comments are closed.