तनहुँ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका १ रतनपुरमा राहत वितरण गरिएको छ । स्वर्गिय पेरबहादुर गुरुङ र यु के मा रहेका डब्लु टु मेजर स्वर्गीय घनसिंह गुरुङ, यु के मा रहेका भाई मेख बहादुर गुरुङको परिवारले राहत वितरण गरेका हुन् । गुरुङ परिवारले त्यहाँ रहेका २७ परिवारलाई राहत वितरण गरेका हुन् । स्वर्गिय गुरुङक छोरा जसबहादुर गुरुङले राहत वितरणको संयोजन गरेका थिए ।
करिव १ लाख १० हजार रुपैयाँ बरावरको राहत वितरण गरिएको जसबहादुर गुरुङले जानकारी दिए । वडा सगँको समन्वयमा राहत वितरण गरिएको हो । राहत वितरण कार्यक्रममा वडा अध्यक्ष रविचन्द्र पौडेल पनि सहभागि थिए ।
Comments are closed.