जनावरबाट पीडितलाई ३९ लाख रुपैयाँ राहत

 

इनरुवा । कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालय पश्चिम कुशाहा सुनसरीले जङ्गली जनावरबाट पीडित भएकालाई ३९ लाख रुपैयाँ भन्दा बढी क्षतिपुर्तिबापत रकम दिएको छ ।

आरक्ष कार्यालयले चालु आर्थिक वर्षको अहिलेसम्ममा आरक्षबाट निस्केका जङ्गली जनावरबाट पीडित भएकालाई ३९ लाख नौ हजार ७११ रुपैयाँ क्षतिपुर्तिबापत रकम प्रदान गरेको आरक्षका संरक्षण अधिकृत अशोक रामले जानकारी दिए ।

आरक्षको कार्यालयले जङ्गली जनावरको आक्रमणबाट मृत्यु भएका दुई जनाको परिवारलाई  १०÷१० लाख गरेर जम्मा २० लाख रुपैयाँ, घाइते भएका सात परिवारलाई तीन लाख ५३ हजार ७११ रुपैयाँ, बालीनाली नष्ट भएका २११ परिवारलाई नौ लाख ९३ हजार पाँच सय रुपैयाँ , घरगोठ क्षती गरेका ७९ परिवारलाई चार लाख १८ हजार पाँच सय रुपैयाँ र भण्डारण गरेको अन्नपात क्षती भएबापत एक लाख ४४ हजार दिइएको संरक्षण अधिकृत रामले बताए ।

You might also like

Comments are closed.