काठमाडौं । युवा उद्यमी राज कार्कीले सर्टिङ सुटिङको दोस्रो ब्राञ्च ‘सुट्माला’ सुरु गरेका छन् । बागबजारमा रहेको सुटमालाको सोमबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । यस अगाडि उनले नरदेवीमा श्रीराज कलेक्सन सञ्चालन गरिरहेका छन् ।
नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठ लगायतको उपस्थितिमा सुटमालाको उद्घाटन गरिएको हो ।
सुटमाला सञ्चालनको अवसरमा माघ महिनाभरी सुट सिलाउने ग्राहकलाई २५ प्रतिशत छुट प्रदान गरिने कार्कीले जानकारी दिए ।
‘बागबजारस्थित सुट्मालामा अनलाइनबाट पनि कपडा अर्डर गर्न सकिन्छ,’ कार्कीले भने, ‘हामी सेवाग्राहीको सेवाका लागि सधैं तत्पर छौं ।’
Comments are closed.