काठमाडौं । नेपाली फेसन, बेस्पोक टेलरिङ र सुट शिल्पकारिताको क्षेत्रमा विशिष्ट पहिचान बनाएका सुटमालाका कार्यकारी निर्देशक तथा युवा उद्यमी राज कार्की सम्मानित भएका छन्। राजधानीमा आयोजित एक भव्य र सभ्य समारोहका बीच ‘एभरेस्ट इभेन्ट’ द्वारा उनलाई यो प्रतिष्ठित सम्मान प्रदान गरिएको हो।
लामो समयदेखि राजधानीको बागबजारलाई केन्द्रबिन्दु बनाएर सुटमालाको माध्यमबाट फेसन र टेलरिङ व्यवसायलाई आधुनिक, समकालीन र उच्चस्तरीय व्यावसायिक रूप दिँदै आएका कार्कीको योगदानको उच्च कदर गर्दै एभरेस्ट इभेन्टले उहाँलाई सम्मान गरेको हो। परम्परागत सिलाइ पेसालाई आधुनिक बजारको माग, गुणस्तरीय शिल्पकारिता र व्यवस्थित व्यवस्थापनसँग जोड्दै उहाँले नेपाली फेसन बजारमा एक छुट्टै पहिरनको मापदण्ड स्थापित गरेका छन् ।
व्यवसाय सञ्चालनका साथै विभिन्न ब्रान्डिङ, प्रचार–प्रसार र सिर्जनात्मक गतिविधिमा समेत उनको निरन्तर सक्रियता रहँदै आएको छ। सुटमालालाई केवल कपडा उत्पादन गर्ने संस्था मात्र नभई, युवाहरूमा स्वावलम्बन, उद्यमशीलता र नेतृत्व विकास गर्ने उत्प्रेरकको रूपमा अगाडि बढाउन उनले निर्वाह गरेको भूमिका प्रशंसायोग्य रहेको छ। विभिन्न कर्पोरेट मञ्च र व्यावसायिक नेटवर्कहरूमा उनले नेपाली उत्पादन र उद्यमीहरूको सशक्त प्रतिनिधित्व गर्दै आउनुभएको छ।
व्यावसायिक सफलताका साथै सामाजिक उत्तरदायित्व र राष्ट्रिय विकासका अभियानहरूमा समेत उनि उत्तिकै तल्लीन छन् । देशमा स्थानीय उद्योग, उत्पादन र रोजगारीको सिर्जनाले मात्र अर्थतन्त्रलाई बलियो बनाउन सक्छ भन्ने मान्यता राख्दै उहाँले विभिन्न युवा सञ्जाल र मञ्चहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । युवाहरूमा आत्मनिर्भरता जगाउन र परम्परागत सीपलाई सम्मानित पेसाको रूपमा स्थापित गर्न उनले निरन्तर वकालत गर्दै आएका छन् ।
एभरेस्ट इभेन्टको मञ्चबाट सम्मान ग्रहणपश्चात आफ्नो प्रतिक्रिया व्यक्त गर्दै कार्यकारी निर्देशक कार्कीले यस प्रकारको सम्मानले आगामी दिनमा अझ बढी ऊर्जा, निष्ठा र सिर्जनात्मकताका साथ काम गर्न ठूलो प्रेरणा मिलेको बताएका छन्। प्राप्त सम्मान र जिम्मेवारीले आफूलाई थप उत्तरदायी बनाएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि फेसन, व्यवसाय र सामाजिक क्षेत्रमा सक्रिय रही नेपाली सुट शिल्पकारितालाई अझ उचाइमा पुर्याउने दृढता व्यक्त गर्नुभएको छ। नेपाली फेसन बजारलाई अत्याधुनिक सेवा र उत्कृष्ट गुणस्तरसहित अगाडि बढाउने र सुटमालाको सेवालाई देशव्यापी रूपमा विस्तार गर्ने उहाँको आगामी प्रमुख लक्ष्य रहेको छ।






Comments are closed.