पोखरा । पोखराको सिमलचौरमा रहेको पोखरा लिंकन इन्टरनेशनल कलेज र लिटिल स्टेप सेकेन्डरी स्कुल नयाँ व्यवस्थापनबाट सञ्चालनमा आएको छ । नयाँ व्यवस्थापनबाट सञ्चालनमा आएसँगै कलेज र स्कुलको कार्यकारी निर्देशकको जिम्मेवारी राजकुमार गुरुङले लिएका छन् । फागुन १ गतेबाट कलेज र स्कुल नयाँ व्यवस्थापनबाट सञ्चालनमा आएको हो ।
पोखरा फाइनान्सका पूर्व प्रमुख कार्यकारी अधिकृतसमेत रहेका गुरुङ बैंकिङ, व्यवस्थापन तथा हस्पिटालिटी क्षेत्रमा अनुभवी व्यक्ति मानिन्छन् । उनको नेतृत्वमा कलेज र स्कुलको शैक्षिक प्रगतिमा अझै योगदान पुग्ने विश्वास गरिएको छ । स्कुल र कलेजको अध्यक्षको जिम्मेवारीमा संंस्थापकसमेत रहेका शेरबहादुर गुरुङ नै रहेका छन् ।
लिंकन कलेजमा बिएचएम र बिबिएको पठन पाठन हुन्छ । स्कुलमा नर्सरीदेखि प्लसटुसम्मको पठन पाठन हुँदै आइरहेको छ । प्लसटु तर्फ म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र साइन्सको पढाइ हुन्छ ।
लिटिलस्टेप स्कुल ४० वर्ष अगाडि स्थापना भएको हो भने कलेज स्थापनाको १० वर्ष पुगेको छ । कलेज लिंकन युनिभर्सिटी मलेसियाबाट सम्बन्धन प्राप्त भइ सञ्चालन भइरहेको छ ।
Comments are closed.