राष्ट्र बैंकको प्रशासन प्रमुखमा राजनविक्रम थापा

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बैंक प्रशासन सेवाअन्तर्गत रिक्त रहेको कार्यकारी निर्देशक (अधिकृत विशेष श्रेणी) पदमध्ये एक जनाको नियुक्ति गरेको छ । मानव संसाधन व्यवस्थापन विभागद्वारा प्रकाशित सूचनाअनुसार उक्त पदमा राजनन्दिक्रम थापा नियुक्त भएका छन् ।

राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली २०६८ (तेस्रो संशोधन समेत) को विनियम ९ अनुसार गठन भएको छनोट समितिको सिफारिस र विनियमावलीको उपविनियम ६(२) बमोजिम कार्यरत निर्देशक (अधिकृत प्रथम श्रेणी) थापालाई कार्यकारी निर्देशकमा पदोन्नति गरी नियुक्ति गरिएको हो ।

थापालाई गभर्नरको कार्यालयमा कार्यरत रहने गरी नियुक्त गरिएको सूचनामा उल्लेख छ । बैंकमा कार्यकारी निर्देशकको पद रिक्त भएपछि सो पद पूर्ति गर्न राष्ट्र बैंकले आवश्यक प्रक्रिया अपनाई निर्णय गरेको हो । मानव संसाधन विभागका कार्यकारी निर्देशक विष्णु थापाले मंसिर १६ गते सूचनासहित नियुक्तिको जानकारी गराएका छन् ।

You might also like

Comments are closed.