अत्याधुनिक प्रविधिबाट स्वास्थ्य सेवा प्रदान गरिरहेका छौं (अन्तर्वार्ता)

राजन शर्मा, अध्यक्ष, मेट्रोसिटी हस्पिटल, पोखरा

पोखराको सिर्जनाचोकमा रहेको मेट्रोसिटी हस्पिटलले बिगत १२ वर्षदेखि स्वास्थ्य सेवा तथा उपचार प्रदान गर्दै आइरहेको छ । निजी क्षेत्रको लगानीमा सञ्चालित हस्पिटलको पछिल्लो समय लगानी विस्तारसमेत गरिरहेको छ । यसैक्रममा हस्पिटलका सेवा सुविधा लगायत विविध विषयमा केन्द्रित रहेर अध्यक्ष डा. राजन शर्मासँग आर्थिक आवाजले गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौंः

मेट्रोसिटी हस्पिटल पोखरामा खुलेको १२ वर्ष भएको छ । यो अवधिलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
पोखराको सृजनाचोकमा रहेको मेट्रोसिटी हस्पिटलले सेवा शुरु गरेको १२ वर्ष भइसकेको छ । १२ वर्षको अवधिमा हस्पिटलले धेरै बिरामीलाई विभिन्न सेवा प्रदान गरिसकेको छ । यस अवधिमा हामी धेरै सफल भयौं भन्ने लाग्छ । यस अवधिमा मेट्रोसिटी पोखरामा मात्र नभई गण्डकी प्रदेशमा नै ख्यातीप्राप्त बन्न सफल छ । बिरामीको प्रतिक्रिया पनि हाम्रो प्रेरणाको स्रोत बनेको छ । बिरामीको उपचारमा हामी जिम्मेवारीका साथ लाग्ने कुरामा प्रतिवद्ध छौं ।

अस्पतालले के–कस्ता सेवा तथा सुविधा प्रदान गरिरहेको छ ?
अस्पतालले सम्पूर्ण प्रकारका बिरामीलाई सेवा प्रदान गरिरहेको छ । हाडजोर्नी विशेषज्ञ, मानसिक रोग विशेषज्ञ, स्त्री रोग विशेषज्ञ, बाल रोग विशेषज्ञ, मेडिसिन सम्वन्धी विशेषज्ञ, न्युरो सर्जन, डर्माटोलोजिष्ट लगायतका डाक्टरले सेवा प्रदान गरिरहनुभएको छ । सुविधा सम्पन्न तथा अत्याधुनिक ल्याब पनि छ । जसका कारण बिरामीलाई पनि सहज भएको छ ।

jutta mela

सेवा विस्तारको अवस्था कस्तो छ ?
बिगतमा भन्दा अहिले हस्पिटलमा सेवा तथा सुविधा विस्तार गरेका छौं । आधुनिक प्रविधिलाई प्राथमिकता दिएर अत्याधुनिक प्रविधिका सामान तथा प्रविधि प्रयोग गरिरहेका छौं । नयाँ प्रविधिको विकास भएसँगै त्यसलाई आत्मसाथ गरिरहेका छौं । माइक्रो सर्जरी गर्न मिल्ने खालका अपरेसन थिएटर छन् । अर्थोष्कोपिक सर्जरी पनि हुन्छ । दुरविन मार्फत गरिने सर्जरी पनि शुरु गरिसकेका छौं । थप सेवालाई छिट्टै विस्तार गर्ने योजना हाम्रो छ ।

कुन–कुन क्षेत्रबाट बिरामी आउनुहुन्छ ? बिरामीको प्रतिक्रिया कस्तो छ ?
गण्डकी प्रदेशका सबै जिल्लाबाट उपचारका लागि बिरामी आउनुहुन्छ । ख्यातीप्राप्त विशेषज्ञहरु भएकै कारण चितवन, काठमाडौं, दाङ, बुटबल लगायतका स्थानबाट पनि बिरामी आउनुहुन्छ । अस्पतालमा आउने बिरामीलाई हाम्रो ज्ञान, सिप र दक्षताले भ्याएसम्म र उपलब्ध प्रविधि प्रयोग गरेर उपचार गर्छौं । हामीले प्रदान गर्ने उपचारबाट सन्तुष्ट भएर नै बिरामी आउने गर्नुभएको हो । हामीले सकारात्मक प्रतिक्रिया पाएका छौं ।

कोभिड महामारीको समयमा कसरी सेवा प्रवाह गरिरहनुभएको छ ?
कोभिडको समयमा पनि हामीले सेवा प्रदान गरिरहेका छौं । अस्पतालका डाक्टर तथा कर्मचारीले सुरक्षित भएर सेवा दिइरहनुभएको छ । कोभिड वार्ड पनि संचालन गरेका थियौं । भर्खरै मात्र हामीले सो वार्ड बन्द गरेका छौं । आवश्यक परेमा कोभिड वार्ड पुनः संचालनमा ल्याउनेछौं ।

सरकारी अस्पतालको तुलनामा निजी अस्पताल महंगो भयो भन्ने गुनासो बिरामीको छ । के भन्नुहुन्छ ?
देशमा करिव ८० प्रतिशत स्वास्थ्य सेवा निजी क्षेत्रले धानेको अवस्था छ । सरकारी अस्पतालले प्रदान नगर्ने सेवा पनि निजी अस्पतालले प्रदान गरिरहेका छन् । चिकित्सकको दक्षता तथा योग्यता, प्रयोग गरिने उपकरण, सेवा प्रदानमा सहजताका कारण केही महंगो हुनु स्वभाविक नै हो । उपचारमा हुने सहजतालाइे पनि ध्यानु दिनुपर्छ । पैसा नभएकै कारण उपचार नहुने भन्ने छैन । हामीले बिरामीलाई त्यसै पठाउदैनौं । विरामीको उपचारमा हामी लागिरहेका हुन्छौं । विपन्न परिवारका बिरामीको उपचारका लागि अस्पतालमा कोष बनाएका छौं ।

You might also like

Comments are closed.