ब्याजदरमा लकअफ प्रणाली आवश्यक

राजेन्द्र मल्ल -अध्यक्ष , नेपाल चेम्बर अफ कमर्स

राजेन्द्र मल्ल
अध्यक्ष
नेपाल चेम्बर अफ कमर्स

आर्थिक स्थायीत्वका लागि ब्याजदरमा लकअफ प्रणाली लागु गर्नुपर्ने छ । ब्याजदर अस्थिर हु“दा ऋणीहरु मर्कामा परिरहेका छन् र लगानीको वातावरण सिर्जना हुन सकेको छैन । यसको समाधानको लागि नै लकअप प्रणालीमा जानुपर्ने स्थिति आएको हो । उद्योग व्यवसाय सञ्चालन, घरजग्गा, कृषि लगायत विभिन्न प्रयोजनमा ऋण लिने प्रक्रियामा शुरुवाती चरणमै निश्चित व्याजदर कायम गर्नुपर्छ । अहिले कायम भएको ब्याजदरमा भारी मात्रामा फेरबदल आएको छ । यसरी ब्याददर फेरबदल नहुने हो भने वित्तीय क्षेत्रमा अस्थिरता आउँदैन ।

अहिले बैंक वित्तीय संस्थामा भएको उच्च ब्याजदरका कारण व्यावसायिक गतिविधीलाई अगाडि बढाउन सकिएको छैन , व्यवसाय ठप्प प्रायः छन् । बैंकले ब्याजदर १५-१६ प्रतिशतसम्म कायम गरेका छन् । ऋण लिएर व्यवसाय गर्ने वातावरण छैन, उद्योगी व्यवासायीहरु व्यवसायबाट पलायन हुने अवस्था सिर्जना भएको छ ।

अर्को कुरा बैंक वित्तीय संस्थाले आधार दरमा लिने प्रिमियम उच्च हु“दा पनि ऋणीहरु मर्कामा परेकाछन् । आर्थिक विकास र समृद्धिका लागि वित्तीय स्थायीत्व र लगानीको वातावरण सिर्जना गर्न आवश्यक छ भन्ने कुरालाई सम्बन्धित निकायले बुझ्न जरुरी छ ।
उद्योग तथा साना व्यवसायमा सामूहिक लगानीमार्फत नया“ रोजगारी सिर्जना गर्नका लागि निजी क्षेत्र र सरकारबीच हातेमालो गर्न आवश्यक छ । कृषि, पर्यटन, एवं साना उद्योगको विकास राज्यको प्राथमिकतामा पर्नुपर्छ ।

(दोलखा चेम्बर अफ कमर्सले आयोजना गरेको दोलखा महोत्सव २०७९ मा राखिएको विचारको सम्पादीत अशं)

 

You might also like

Comments are closed.