आइटीको सहयोगमा महोत्सवको अधिकतम प्रचार

राजेन्द्र ओझा
उपाध्यक्ष, लेखनाथ उद्योग वाणिज्य संघ
संयोजक, महोत्सव प्रचार–प्रसार व्यवस्थापन उपसमिति, १८औं लेखनाथ महोत्सव

आजबाट १८औं संस्करणको लेखनाथ महोत्सव हुँदैछ । महोत्सव सफल बनाउन प्रचारप्रसारको महत्वपूर्ण योगदान रहन्छ । त्यसकारण हामीले प्रचार प्रसारलाई व्यापकता दिएका छौं । अहिलेको जमाना भनेको आइटीको जमाना हो । त्यसकारण हामीले अधिकतम आइटी अथवा विद्युतीय उपकरणहरु प्रयोग गरेर प्रचारप्रसार गरेका छौं ।

विभिन्न टेलिभिजन, रेडियो एफएमहरुका साथै बजारका मुख्य मुख्य ठाउँमा डिजिटल होडिङ् बोर्ड छन् । त्यसमा हामीले महत्वपूर्ण ठाउँमा प्रचार गरिरहेका छौं । विभिन्न किसिमका व्यानर, साइड, क्रस, बस तथा कारमा राख्ने व्यानर र स्टिकरलगायत धेरै किसिमले प्रचार गरेका छौं ।

लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि भन्ने मूल नाराका साथ पुस ७ गते महोत्सवको भव्य उद्घाटन हुनेछ । पोखरा–२७ तालचोकस्थित डाँडाकोनाकमा सञ्चालन हुने उक्त महोत्सव पुस १८ गतेसम्म चल्नेछ । वित्तीय क्षेत्रको तरलतालाई चलायमान बनाउने, औद्योगिक उत्पादन तथा हस्तकलाका सामान, स्थानीय उत्पादन लघु तथा साना उद्योगको प्रवर्द्धन गर्नुका साथै आवश्यक ज्ञान सीप, उद्यमशीलता र प्रविधि हस्तान्तरण गर्न महोत्सवले सघाउने हामीले विश्वास लिएका छौं ।

दुई लाख ५० हजार दर्शकले महोत्सव अवलोकन गर्ने तथा दश करोडको कारोबार हुने अनुमान छ । रेष्टुराँ, हस्तकला, कृषि, अटो, रेडिमेड, वित्तीय संस्था, पर्यटन प्रवर्द्धन, सूचना प्रविधि र उद्योगका गरी महोत्सवस्थलमा तीन सय ३७ स्टल छन् । ९५ लाख आम्दानी, ८५ लाख खर्च र दश लाख मुनाफा हुने हाम्रो पूर्व अनुमान छ ।

lcci
You might also like

Comments are closed.