भौतिक पूर्वाधारको विकासले अधिकाशं मुलुकको समृद्धि तथा विकास कस्तो छ भनी मापन गरेर हेरिन्छ । हिजो ढुंगेयुग हुँदै मानव सभ्यताको विकास क्रमसँगै अत्याधुनिक निर्माण उपकरण÷सामग्री प्रयोग गरी समयमा गुणस्तरीय निर्माण हुँदै आएका छन् भने हामी नेपाली पनि आधुनिक विकास एवं जीवनशैलीसँग अभ्यस्त हँुदै गएका छौं । भन्डै डेढ दशक सार्वजनिक निर्माणका भोगाइ ÷अनुभव हेर्दा हामी निर्माण व्यवसायीले पनि समयमा गुणस्तरीय सहित मुनाफामुखी निर्माण कार्य गरी आफ्नो व्यवसाय चलोस् भन्ने ठान्छौं । यद्यपि आज सार्वजनिक निर्माण कार्य न समयमा सम्पन्न हुन सकेका छन् न व्यवसायी आफू स्वयम् खुसी हुन सकेको छन् ,न राज्य, नागरिक, मिडीया नै निर्माण कार्यको शैलीलाई लिएर खुसी छन् । सार्वजनिक खरीद ऐन २०६३ र सार्वजनिक खरीद नियामावली २०६४ एवं विभिन्न संसोधन नियमावलीमार्फत पनि सार्वजनिक निर्माणलाई व्यवस्थित बनाउन प्रयास गर्दागर्दै पनि विभिन्न कानुनी छिद्रमार्फत आमव्यवसायीको हितमा यो नियम÷कानुनले सम्बोधन गर्न सकेको अवस्था छैन । सार्वजनिक खरीद १२औं संशोधननियमावली २०७९को पछिल्लो संशोधनमार्फत एउटै फर्मले धेरै निर्माण कार्य लिइ होल्ड गर्ने प्रवृतिको अन्त होस् साथै ५ वटा प्याकेज एक पटकमा गर्ने गरी समयमा नै गुणस्तरीय निर्र्माण कार्य होस् नै भन्ने हो ।
अहिले पनि सार्वजनिक निर्माणमा सम्बन्धित निकायले धेरै कुरामा सुधार गर्नुपर्ने देखिन्छ । आवश्यकतामा आधारित आयोजनाको सम्भावित अध्ययन सहित वस्तुपरक डिजाइन सहित बजेटको सुनिश्चितता सहित साथै साइट क्लियरेन्सगरी टेण्डर आव्हान गर्नुपर्ने देखिन्छ । सरकार फेरवदल स्वार्थ पिच्छे हतारमा टेण्डर लगाउने परिपाटी व्याप्त छ त्यसका सुधार हुन जरुरी छ । सार्वजनिक निर्माणमा सरोकारवालाबीच एकीकृत सहजीकरण टिम खडा गरी नागरिकलाई धेरै दुःख नहुने गरी फास्टट्रयाकमा समस्या हलको व्यवस्था मिलाउँदा प्रभावकारीता बढ्ने कुरामा ध्यान जानु आवश्यक छ । निर्माण कार्यको अत्यावश्यक मानिने निर्माण सामाग्रीको (जस्तैः ढुंगा, गिटी, चिप्स, बालुवा, सववेस , वेस) को कुरामा बेलाबेलामा विवाद सिर्जना हुँदै आएको पाइन्छ । यसको उत्खन्न÷ढुवानी कहाँबाट हुने भन्ने कुरामा स्पष्ट हुनसके निर्माण कार्यमा सहजता आउँछ । कुनै पनि उत्पादकले तयार गरेका निर्माण सामग्रीको गुणस्तर र ल्याव टेष्टमा सम्बन्धित पक्षलाई जिम्मेवार बनाइनुपर्छ, हरेक निर्माण सामग्रीको गुणस्तरको दोष निर्माण व्यवसायीमा लगाउनुभन्दा पनि सामग्री कम गुणस्तर भएको पत्ता लाग्दा यससँग सम्बन्धित उद्योगीलाई जिम्मेवार बनाउन सके उत्पादनको गुणस्तरीयतामा सहयोग पुग्छ ।
आयोजनाको डिजाइन, टेण्डर आव्हान, सम्झौतादेखि निर्माण कार्य सम्पन्नसम्म सम्बन्धित आयोजना प्रमुख÷कार्मचारीलाई जसअपजस लिइने बनाइनुपर्छ, योजना निर्माण कम्पनीको जिम्मामा लगाएपछि सम्बन्धित निकाय जिम्मेवारविहिन हुने कुरा व्यवहारिक हुन सक्दैन, अझ पटक पटक कर्मचारी सरुवा गरिने र कर्मचारी निर्माणको काममा जिम्मेवार नबने प्रवृत्ति व्याप्त छ । सार्वजनिक निर्माण कार्यसँग सम्बन्धित कर्मचारीको सरुवा÷बढुवा कति आयोजना÷कस्ता आयोजना÷कति समयमा कसरी सम्पन्न गरेका छन् सो को मापदण्ड बनाई लागू गर्नु उपयुक्त हुन्छ, यसले कर्मचारी निर्माण आयोजना प्रति इमान्दार बन्न मद्धत पुग्छ । अहिले धेरै आयोजना समयमै सम्पन्न हुन सकिरहेका छैनन् , निर्माण कार्य अवधिलाई वर्षा, चाडपर्वलाई ख्याल गरी हचुवाको आधारमा नभई वैज्ञानिक आधारमा गरिए यस्ता समस्या कम गर्न सकिन्छ । भ्याट,करको नाममा व्यवसायीलाई अनावश्यक दुःख दिने कार्यको अन्त्य गरिनुपछै अर्कोतिर समयमा निर्माण कार्य सम्पन्न गर्ने व्यवसायीलाई उचित सम्मान÷पुरस्कारको व्यवस्था राज्यबाट गरिँदा थप हौसला मिल्छ, यो कुरामा सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।
व्यवसायी पनि कमजोरीभन्दा बाहिर छन् भन्न खोजेको होइन । निर्माण व्यवसायीले पनि धेरै कुरामा सुधार गर्नु आवश्यक छ । पेशा/व्यवसायप्रति व्यावसायिक पारदर्शी एवं इमान्दार हुनुपर्ने व्यवसायीको अनिवार्य शर्त हो । हतारमा ठेक्का बिड गर्ने फुर्सदमा पछुताउने कार्यको अन्त्यको लागि साईट भिजिट अनिवार्य सहित बिड डकुमेण्टका शर्त, समयावधि, मूल्यवृद्धि समायोजन, वोनस आदि व्यवस्था बुझि ठेक्कामा भाग लिनुपर्ने देखिन्छ । निर्माण व्यवसायीले निर्माण कार्यको लागि आफ्ना प्राविधिक र आयोजनातर्फका प्राविधिकबीच समन्वय गरिरहनुपर्छ, यसले धेरै कुरामा साझा बुझाइ बनाउन सकिन्छ ।
बढ्दो लागतलाई ध्यानमा राखि समयअनुसार उचित लागत समायोजन गर्नुपर्ने र ठेक्का सम्झौता पश्चातप्राप्त हुने पेश्कीलाई सम्बन्धित कार्यमा लगाउने कुरामा व्यवसायी इमान्दार बन्नुपर्छ । भौतिक सम्पत्ति घर जग्गा, गाडी एवं निर्माण उपकरणमा मात्र भारी लगानी नगरी नगद प्रवाह गर्न सक्ने गरी तयारी हुनुपर्छ र क्षमता (काबु) भन्दा बाहिरका ठेक्का लिन नहुने देखावटी /ठूलो व्यवसायी बन्ने चक्करमा कम रकममा (विलो) ठेक्कामा भाग लिने प्रवृत्तिको अन्त्य हुनु आवश्यक छ । कार्य अनुभव र टर्नओभरको लोभमा नपरी क्षमता वृद्धिसहित मुनाफामुखी ढंगले समयमा निर्माण कार्य गर्नसके दुबै पक्षलाई यसले लाभ पुराउँछ ।
ठूलो निर्माण व्यवसायी बन्ने प्रलोभन उच्च जोखिमसहित व्यवसाय गर्नुको साटो असल निर्माण व्यवसायी/समयमा कार्य गर्न सक्ने व्यवसायी बन्छु भन्ने प्रण व्यवासायीमा हुनुपर्छ । निर्माण कार्यको योजनासँग कार्ययोजना बनाई आफूले जिम्मा लिएका आयोजना कुन अवस्थामा छ भनि समीक्षासहित मूल्यांकनको परिपाटी बसाल्दा आफूलाई सुधार्न सहज हुन्छ । निर्माण कार्यसँग सम्बन्धित कागजात (सम्झौताका कागजात,निवेदन पत्राचार, बीमा आदि)लाई अभिलेख राखि आयोजनालाई आवश्यकताअनुसार पत्राचार/गरेका कागजातको रेकर्डको व्यवस्थापनमा व्यवसायी सचेत बन्नुपर्छ ।
आज सार्वजनिक खरीद प्रकृया/निर्माण कार्यलाई कसरी प्रभावकारी एवं मितव्ययी बनाई सम्पूर्ण सरोकारवालाको सहयोग एवं समन्वयमा आम नागरिकको निर्माण व्यवसायीलाई हेर्ने दृष्टिकोणमा सकारात्मक धारणा बनाउन सकिन्छ भन्ने चुनौती छ, भने राज्यबाट पनि निर्माण व्यवसायीले निर्माण कार्य गरेको आयोजनाको भुक्तानी नपाई समाज र सप्लायर्सबाट अपहेलित भई तड्पनुु परेको अवस्था छ । समृद्ध मुलुक, समृद्ध नेपाल बनाउनको लागि आरोप—प्रत्यारोपमा मात्र नरही सम्पूर्ण सरोकारवालाको हातेमालोको माध्यमबाट एकअर्काको परिपुरक बनी समुन्नत देशको परिकल्पना सहितको आधारशिला पक्कै हुनेछ भनि विश्वास गर्न सकिन्छ ।
Comments are closed.