ललितपुर उद्योग वाणिज्य संघको महासचिवमा राजु महर्जनको उम्मेदवारी

ललितपुर । ललितपुर उद्योग वाणिज्य संघको आगामी कार्यकालका लागि हुने निर्वाचनमा युवा व्यवसायी राजु महर्जनले महासचिवमा उम्मेदवारी दिएका छन् । सुसन महर्जन नेतृत्वको प्यानलबाट महासचिवमा उम्मेदवार बनेका महर्जन लामो समयदेखि ललितपुरको व्यापारिक तथा व्यावसायिक क्षेत्रमा सक्रिय छन् ।

१९८० जुलाई ३१ मा जन्मिएका महर्जन ललितपुर–१९, कुमारीपाटीस्थित अग्निंशाल निवासी हुन् । अग्नि पार्टी प्यालेस सञ्चालका समेत रहेका उनी ललितपुर उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य र कोषाध्यक्ष भएर काम गरिसकेका छन् ।

स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्मका विभिन्न व्यावसायिक संघसंस्थामा नेतृत्वदायी भूमिका निभाउँदै आएका महर्जन नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष तथा मधेस प्रदेश संयोजक हुन् । यसअघि उनले ललितपुर रेन्टल, क्याटरिङ तथा पार्टी प्यालेस व्यवसायी संघको अध्यक्षको जिम्मेवारी समेत सफलतापूर्वक पूरा गरिसकेका छन् । हाल उनी सि. चु ग्रुपको वर्तमान अध्यक्षको भूमिकामा पनि छन् । संघको संस्थागत सुदृढीकरण र व्यवसायीहरूको हकहितका लागि आफ्नो उम्मेदवारी रहेको उनले बताएका छन् ।

You might also like

Comments are closed.

Secret Link