नेपालको दुग्ध क्षेत्रको समग्र विकास र प्रवद्र्धनका लागि राष्ट्रिय दुग्ध विकास बोर्डको भूमिका महत्वपूर्ण छ । विशेषगरी नीति निर्माणमा यसको भूमिका अग्रणी रहँदै आएको छ । देशभरका दुग्ध व्यवसायी तथा सरोकारवालाहरूको भावनालाई मध्यनजर गर्दै बोर्डले आफ्नो बजेटको परिधिभित्र रही विभिन्न कार्यक्रमहरू आयोजना गर्ने गर्दछ ।
दुग्ध क्षेत्रमा तत्काल देखिएका हरेक समस्याहरूको समाधानका लागि सरोकारवालाहरूको उपस्थितिमा राय सुझाव लिई कार्ययोजना बनाउने र समाधानमा पहल गर्ने काम पनि बोर्डले गर्दै आएको छ । आवश्यक परेको खण्डमा मन्त्रालयसँग समेत परामर्श लिएर बोर्ड अगाडि बढेको छ । यति हुँदा हुँदै पनि, आवश्यकता अनुसार बजेटको अभाव हुँदा पर्याप्त मात्रामा काम गर्न नसकिएको अवस्था विद्यमान छ ।
धानपछिको महत्वपूर्ण कृषि क्षेत्रको रूपमा रहेको दुग्ध क्षेत्रमा ५० अर्बभन्दा बढी निजी क्षेत्रको लगानी छ । ६ लाख कृषक परिवार आश्रित छन् र ५० हजारभन्दा बढीलाई निजी क्षेत्रबाट रोजगारी प्राप्त छ । यस्तो महत्वपूर्ण क्षेत्रको अभिभावकको रूपमा रहेको बोर्डलाई समय–समयमा हटाउने वा बन्द गर्ने कुराले हामी चिन्तित छौँ । दुग्ध क्षेत्रको प्रवद्र्धन र विकासमा बोर्डको अपरिहार्य भूमिकालाई राज्यले गम्भीरतापूर्वक बुझ्नुपर्छ ।



Comments are closed.