पोखरा उद्योग वाणिज्य संघमा रामप्रसाद कँडेल निर्विरोध निर्वाचित

पोखरा । पोखरा उद्योग वाणिज्य संघको कर्पोरेट सदस्यमा रामप्रसाद कडेंलल निर्बिरोध निर्वाचित भएका छन् । बिगत नौ वर्षदेखि विभिन्न व्यवसायमा संलग्न हुँदै आएका कँडेल आफ्नो व्यवसायमार्फत हजारौं युवालाई रोजगारी दिदैं आएका छन् ।

कँडेलको प्रमुख व्यवसाय अन्तर्गत चौतारी बुटिक होटल, इजि फ्यासिलिटिज प्रा.लि, इजि टे«डिङ प्रा.लि, तथा गोर्खाल्याण्ड सेक्युरिटी गुप्र छन् । पोखरा विश्वविद्यालयबाट स्नाकोत्तर अध्ययन गरिसकेका कडेंल विभिन्न संघ तथा संस्थामा आबद्ध छन् । हाल लायन्स क्लब अफ पोखरा गार्डेनका अध्यक्ष समेत रहेका उनी उठ युवा जाग अब अभियान, मातृभूमिका लागि नेपाली जस्ता सामाजिक अभियानमा समेत नेतृत्वकारी भूमिकामा छन् ।

उद्योग व्यवसायीहरुका हकहित, संघको विकास तथा सम्रग पोखरेलीहरुको जीवन उकास्नको लागी कडेंलले सक्दो प्रयास गर्ने जनाएका छन् । कँडेलसँगै कर्पोरेट सदस्यमा बन्दना कार्की पनि निर्बिरोध भएकी छन् । उनी युनाइटेड मर्दि हाइड्रोपावर कम्पनीको तर्फबाट मनोयन दर्ता गराएकी थिइन् । अन्य पदाधिकारीहरुको निर्वाचन यही भदौ २४ र २५ मा हुनेछ ।

 

You might also like

Comments are closed.