राष्ट्रपति पौडेल भन्छन् : ‘राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ’

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताएका छन् ।

सोमबार बिहान स्वर्गीय नवीन्द्रराज जोशीको शालिक अनावरण गर्दै पौडेलले जनतासँगको निरन्तर सान्निध्यतासँगै उनीहरुको सुख दुःख बुझेर उनीहरुकै लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिवद्वता र समर्पणबाट अभिप्रेरित हुनुपर्ने बताएका हुन् ।

उनले भने, ‘राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ । जनतासँगको निरन्तर सान्निध्यतासँगै उनीहरुको सुख दुःख बुझेर उनीहरुकै लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिवद्वता र समर्पणबाट अभिप्रेरित हुनुपर्छ ।’

jutta mela

राष्ट्रपति पौडेलले जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरूका सुख दुःख बुझ्ने व्यक्तित्वको रूपमा आफूले स्व. जोशीलाई चिनेको बताए।राष्ट्रपति पौडेलले स्व. जोशी योग्यता, आचरणशील र इमान्दारीतामा बराबर सङ्गम रहेका विरलै मानिसमध्ये रहेको पनि बताए। जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरुका सुख दुःख बुझ्ने नविन्द्र यही दर्शनबाट प्रभावित थिए ।

पौडेलले नविन्द्रको असामयिक निधनले मुलुक, नेपालको प्रजातान्त्रिक आन्दोलन, एउटा सिद्धान्तनिष्ठ राजनीति, संगठन, जोशी परिवार र आफ्नो लागि पनि अपुरणीय क्षति भएको महशुस गरेको बताएका छन् ।

पौडलले मुलुक र समाज परिवर्तनका लागि जोशीले लोकतन्त्रलाई जीवनपद्धतिका रुपमा आत्मसाथ गरेर संस्थागत विकासमा पुर्याएको योगदान भावी पुस्ताका लागि सदैव प्रेरणाको स्रोत हुने बताएका छन् ।

 

You might also like

Comments are closed.