नवनिर्वाचित राष्ट्रपतिद्वारा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिवको शालिकमा माल्यार्णपण

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज किर्तिपुरको चम्पादेवि स्थित पुष्पलाल पार्कमा पुगेर नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको शालिकमा माल्यार्णपण गरे ।

उनि पार्क पुग्दा पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री माधव नेपाल, नेकपा एसका महासचिव वेदुराम भुषाल, काठमाडौं क्षेत्र नम्बर १० का प्रतिनिधि सभा सदस्य राजन केसी लगायतले स्वागत गरेका थिए । सो अवसरमा नवनिर्वाचित राष्ट्रपति पौडेलले पार्क, प्रतिष्ठानको भवनको अवलोकन गरेका थिए । पौडेलले त्यहाँ राखिएको पुस्तिकामा हस्ताक्षर गरेका थिए ।

यसअघि शुक्रबार नवनिर्वाचित राष्ट्रपति पौडेलले पशुपतिनाथ मन्दिर र गुहेश्वरी मन्दिर पुगेर पुजा अर्चना गरेका थिए । शुक्रबार नै पौडेलले सुन्दरीजल स्थित वीपी संग्रहालय पुगेर वीपी गण्शमान, कृषणप्रसाद भट्टराई लगायतका नेताहरूको सालिकमा माल्याणपर्ण गर्नुका साथै संग्राहलय परिसरमा वृक्षारोपण गरेका थिए । सोही दिन साँझ विश्वसम्पदा सुचीमा सुचीकृत स्वयम्भूनाथ क्षेत्रको अबलोकन गरेका थिए ।

You might also like

Comments are closed.