ग्रामीण क्षेत्रका गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ग्रामीण क्षेत्रका गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रपतिमा निर्वाचति भएपछि बधाई तथा सफल कार्यकालको शुभकामना दिन आज राष्ट्रपति भवन शीतल निवास पुगेका सामाजिक लोकतन्त्र अध्ययन केन्द्र काठमाडौंका प्रतिनिधिसँग राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् ।

सामाजिक लोकतन्त्र अध्ययन केन्द्र काठमाडौंले राष्ट्रपति रामचन्द्र पौडेललाई राष्ट्रपति पदमा निर्वाचित भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

jutta mela

राष्ट्रपति भवन शीतल निवासमा आज भएको कार्यक्रममा केन्द्रका अध्यक्ष मधु आचार्य र महासचिव डा परमेश्वर पोखरेलद्धारा हस्ताक्षरित सम्मानपत्र अध्यक्ष आचार्यले राष्ट्रपति पौडेललाई प्रदान गरेका छन् ।

सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस गर्ने गरी धेरै काम गर्न बाँकी रहेकाले अबका हाम्रा काम र कार्यक्रम त्यसतर्फ लक्षित हुनुपर्ने धारणा व्यक्त गरे । विशेषत पिछडीएका ग्रामिण क्षेत्रका गरीव र निमुखा जनताको लाभ र हित हुने गरी काम गर्नुपर्ने आवश्यकता औल्याए ।

मुलुकमा आएको राजनीतिक परिवर्तनसागै सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले नेपाली समाज, संस्था र राजनीतिक दलहरुको लोकतान्त्रिककरणमा निभाएको प्रवाभकारी भूमिकाको राष्ट्रपति पौडेलले प्रशंसा गर्दै आगामी दिनमा यस क्षेत्रमा अझै सशक्त ढंगले काम गर्नुपर्ने आवश्यकता औल्याए ।

सो अवसरमा अध्यक्ष आचार्य, उपाध्यक्षहरु प्राध्यापक डा विष्णुशंकर पौडेल, वरिष्ठ अधिवक्ता सीताराम केसी, महासचिव डा पोखरेल, सचिव खगेन्द्र आचार्य, कोषाध्यक्ष डा राजकुमार राई, सल्लाहकारहरु बावुराम कुँवर, गणेशचन्द्र अधिकारी, भोजराज रेग्मी, वसन्त गौतम, डा मुक्ति श्रेष्ठ, सदस्यहरु कल्याणी रीजाल, विमला नेपाली, डा मुन्नि शर्मा, राजेन्द्रराज पौडेल, मुन्निलाल यादव, इन्द्रनारायण भैल, प्रभात आले, डिपी अधिकारी, कृष्णव्रत सिंह, डीना श्रेष्ठ लगायतको उपस्थिति थियो ।

You might also like

Comments are closed.