‘एक्स्पर्ट एड्मिसन डे’ परामर्शको लागि राम्रो अवसर हुनसक्छः अपरेशन म्यानेजर बास्तोला

पोखरा एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजले चैत्र २ गते अर्थात मार्च १६ का दिन ग्राण्ड एड्मिसन डेको आयोजना गरेको छ । एड्मिसन डेका सम्बन्धमा अपरेशन म्यानेजर रमेश बास्तोलासँगको कुराकानी :

‘एक्स्पर्ट एड्मिसन डे’ किन आयोजना गरिएको हो ?

विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई विशेष शैक्षिक परामर्श दिन ‘एक्स्पर्ट एड्मिसन डे’ को आयोजना गरिएको हो । विद्यार्थीलाई परामर्श दिन सहज होस् भन्ने उद्देश्यले शैक्षिक परामर्श कार्यक्रमको आयोजना गरिएको हो ।

‘एक्स्पर्ट एड्मिसन डे’ कसरी विशेष छ ?

jutta mela

यो अवसरमा अष्ट्रेलिया, क्यानडा, यूके, युएसए, न्युजील्याण्डका २७ भन्दा बढी विश्वविद्यालयका प्रतिनिधिहरू आउँदै हुनुहुन्छ, जसमा विद्यार्थीहरूले विश्वविद्यालयमा उपलब्ध कोर्स तथा सुविधाका बारेमा जानकारी प्राप्त गर्न सक्नुहुनेछ । अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीले सत्य तथ्य जानकारी प्राप्त गर्ने, भिजा प्रोसेस, कलेज तथा युनिभर्सिटीमा पढाई हुने विषय तथा कोर्ष, फि स्टक्चर, नीति तथा नियमका वारेमा विद्यार्थीले जानकारी पाउने यो उपयुक्त अवसर हो । ‘फस्ट हेण्ड इन्फरमेसन’का लागि एड्मिसन डे ले विद्यार्थीलाई धेरै सहयोग पुग्नेछ ।

कार्यक्रमका बारेमा थप जानकारी केही छ ?

कार्यक्रम चैत २ गते बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म पोखराको सिद्धार्थचोकस्थित एक्स्पर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजको कार्यालयमा एक्स्पर्ट एड्मिसन हुँदैछ । डेमा सहभागीलाई फुड भौचर, मुभी भौचरको सुविधा उपलब्ध गराइनेछ । कार्यक्रममा सहभागी विद्यार्थीलाई एक्सपर्टबाट दिइने आयल्स, पीटीई क्लासमा समेत छुट दिइनेछ ।

एक्स्पर्ट कस्तो संस्था हो ?

सन् २००३ देखि नै एक्स्पर्टले सेवा प्रवाह गर्दै आइरहेको छ जुन एक लिडिङ एजुकेसन कन्सल्टेन्सी हो । तिव्रका १७ देशबाट अहिलेसम्म करिब १ लाख भन्दा धेरै विद्यार्थीलाई सेवा प्रवाह गरिसकेको छ । हामीले आधिकारिक र विश्वसनीय परामर्श प्रदान गर्दै आएकाले विदेश अध्ययनका लागि एक्सपर्ट रोजाइमा पर्ने गरेको छ । एक्स्पर्टले नेपालका प्रमुख १६ सहरमा शाखा चलाएको छ । विश्वका १९ देशका ५० भन्दा बढी सहरमा समेत एक्सपर्टले सेवा दिइरहेको छ ।

You might also like

Comments are closed.