सहकारीमा जोखिम व्यवस्थापन अपरिहार्य : डा. चौलागाइ

काठमाडौं । नेपाल राष्ट्र बैंकका उपनिर्देशक डा. रमेश चौलागाईंले सहकारीमा जोखिम व्यवस्थापन अपरिहार्य भएको बताएका छन् ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले आयोजना गरेको साकोस शिखर गोष्ठीको दोस्रो दिन ‘सहकारीमा जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणाली’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै चौलागाईले पछिल्लो समय सदस्यले बचत फिर्ता नपाएको जस्ता घटनाहरु बढेको बताए ।

यी घटना जोखिम व्यवस्थापन गर्न नसकेर भएको उल्लेख गर्दै उनले अब सहकारीमा जोखिम व्यवस्थापनका लागि काम गर्नु पर्ने बताए । ‘मनी बिजनेश अर्थात कर्जा र निक्षेपमा बढी जोखिम हुन्छ । जोखिमकै कारण आम्दानी घट्ने, लागत बढ्ने हुन्छ । रिक्स र रिटर्न एक सिक्काका दुई पाटा हुन् । यसमा सहकारी सर्तक हुनुपर्छ,’ उनले कार्यपत्र प्रस्तुत गर्दै भने। उनका अनुसार सहकारीले सुरुमा जोखिम पहिचान, जोखिम विश्लेषण, जोखिम व्यवस्थापन, जोखिम कम तथा रिक्स सेयर र पोर्टफोलियो म्यानेजमेन्ट लगायतका काम गरेर जोखिम न्यूनीकरण गर्नु पर्ने धारणा राखे ।

jutta mela

उनले सहकारीमा कमजोर नियमन भएकोले त्यसतर्फ पनि काम गर्नु पर्ने धारणा राखे । तरलताको अभाव पनि जोखिमको कारण भएको बताउँदै उनले कानुनले तोकेको निर्देशन मेन्टन गर्न सकिएन भने तरलताको समस्या सिर्जना हुने बताए । उनका अनुसार सहकारीमा पारदर्शिताको अभाव छ ।

‘सहकारीमा वित्तीय अनुशासन अवस्था कमजोर छ । सदस्यको संस्थाप्रति पहुँच अभाव छ । व्यवसायिकताको कमी, नीतिगत अभाव लगायतका समस्या छन् । वित्तीय कारोबारमा ध्यान नदिँदा पनि समस्या भएको छ’, उनले भने । कार्यक्रममा पोखरा विश्वविद्यालयका सहायक प्राध्यापक डा. रविन्द्र घिमिरेले टिप्पणी र कासिराज दाहालले अध्यक्षता गरेका थिए ।

You might also like

Comments are closed.