lcci festival

गुणस्तरमै भविष्यः नेपाली उद्योग उकास्ने साझा जिम्मेवारी

रमेश गुप्ता, सञ्चालक, राज दालमोठ

नेपाली उद्योगले अब उत्पादनको मात्रा बढाउने सोचबाट माथि उठेर गुणस्तरलाई केन्द्रमा राख्ने समय आएको छ । आजको प्रतिस्पर्धी बजारमा सस्तो र धेरै उत्पादनभन्दा पनि दिगो, भरपर्दो र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको गुणस्तर नै उद्योगको वास्तविकता हो । गुणस्तरमा ध्यान नदिँदा बजार गुम्ने मात्र होइन, उपभोक्ताको विश्वाससमेत कमजोर बन्ने खतरा रहन्छ । नेपाली उद्योगलाई साँच्चिकै उकास्ने हो भने सरकारले स्पष्ट, स्थिर र दीर्घकालीन औद्योगिक नीति निर्माण गर्नैपर्छ ।

लगानीकर्ता विश्वस्त हुने वातावरण सिर्जना गर्न नीति निरन्तरता र कार्यान्वयनको प्रतिबद्धता आवश्यक छ । कच्चा पदार्थको सहज र नियमित उपलब्धता उद्योगको मेरुदण्ड हो । आयातमा अत्यधिक निर्भरता घटाउन स्वदेशमै कच्चा पदार्थ उत्पादन र प्रशोधनलाई प्रोत्साहन गर्नुपर्छ । त्यस्तै, सहुलियतपूर्ण कर्जा, कर छुट, प्रविधि हस्तान्तरण र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने नीति प्रभावकारी रूपमा लागू भएमा नेपाली उद्योगले नयाँ उचाइ लिन सक्छ। आधुनिक प्रविधि र दक्ष जनशक्ति बिना उद्योगलाई प्रतिस्पर्धी बनाउने सपना पूरा हुँदैन ।

You might also like

Comments are closed.