‘जेके ट्यांकको माग बढ्दो छ’ (अन्तर्वार्ता)

रमेश खाँण ठकुरी, सञ्चालक, जय कालिका प्लाष्टिक उद्योग

युवा उद्यामी रमेश खाँण ठकुरी सञ्चालक रहेको जय कालिका प्लाष्टिक उद्योगले जेके ब्राण्डको पानी ट्यांकी उत्पादन गर्दै आइरहेको छ । त्यसैगरी टिडिआर बिजनेश हाउस प्रालि अन्तर्गत तातोपानीको सोलार वाटर हिटर, वाटर फिल्टर, किचन चिम्नी, गिजर , मेसिनरी लगायतका सामान आयात गरी नेपाली बजारमा बिक्री वितरण गरिरहेका छन् । पोखराको लेखनाथमा प्रधान कार्यालय रहेको कम्पनीका उत्पादनहरुका विशेषता, बजारको अवस्था लगायत विविध विषयमा केन्द्रित रहेर प्रवन्ध निर्देशक ठकुरीसँग आर्थिक आवाजले गरेको कुराकानीः

जय कालिका प्लाष्टिक उद्योग प्रा.लि. कस्तो कम्पनी हो ?
जय कालिका प्लाष्टिक उद्योग प्रा.लि.ले २०७३ सालबाट जेके ट्याङ्कको उत्पादन निरन्तर गरिरहेको छ । पोखरा महानगरपालिका ३२ मा उद्योग छ । पानी ट्याङ्की बनाउने गण्डकी प्रदेशकै पहिलो कम्पनी हो ।

कम्पनीद्वारा उत्पादित पानी ट्याङ्कीका विशेषता केके छन् ?
कम्पनीले २ सय लिटरदेखि २ हजार लिटरसम्मका पानी ट्याङ्की उत्पादन गर्दै आइरहेको छ । हरियो, निलो, पहेलो र आवश्यकता अनुसार अन्य रंगका ट्यांकी उत्पादन हुन्छन् । डबल लेयर, ट्रिपल लेयरका ट्यांकी बनाउछौं । फोम ट्याङ्क पनि बनाउदै आइरहेका छौं । भारतको एफडिए एप्रुभ्ड कच्चा पदार्थ प्रयोग गरिरहेका छौं । भारतबाट नै कच्चा पदार्थ आउँछ । खानेपानीको लागि उपयुक्त ट्याङ्की हो ।

jutta mela

मुख्य बजार कुन हो ?
हाम्रो मुख्य बजार गण्डकी प्रदेश नै हो । कास्कीको लेखनाथ, पोखरा तथा गण्डकी प्रदेशका बेनी, बागलुङ, कुस्मा, स्याङ्जा, वालिङ, लमजुङ, गोर्खा, तनहुँ, नवलपुर लगायतका जिल्लामा पु¥याउँछौं । गण्डकी प्रदेश बाहिर पनि विभिन्न जिल्लामा हाम्रो उत्पादन जान्छन् । पाल्पा, चितवन, हेटौंडा, बुटबल, काठमाडौं, भक्तपुर लगायतका स्थानमा बिक्री वितरण गरिरहेका छौं । सुर्खेत, डडेलधुरा, धनगढीबाट पनि माग आइरहेको छ । ढुवानी खर्च धेरै लाग्ने भएका कारण ढुवानी गर्न सकेका छैनौं । बजारमा जेके ट्यांकको माग बढ्दो छ ।

उत्पादन क्षमता र मूल्यको अवस्था कस्तो छ ?
अहिले दैनिक उत्पादन क्षमता ४० हजार लिटर प्रति दिन छ । नयाँ वर्षको शुरुवातसँगै ३० हजार लिटर प्रतिदिन क्षमता थप गर्ने तयारीमा हामी छौं । यससँगै प्रति दिन ७० हजार लिटर क्षमता उत्पादन हुनेछ । ३ हजार र ५ हजार लिटर क्षमताका ट्यांकी पनि उत्पादन शुरु गर्नेछौं । प्रतिलिटर ११ देखि १२ रुपैयाँसम्म रिटेल मूल्य पर्छ ।

तपाईं सञ्चालक रहेको टिडिआर बिजनेश हाउसले केके काम गर्दै आइरहेको छ ?
हामीले टिडिआर बिजनेश हाउस प्रा.लि. पनि शुरु गरेका छौं । यस कम्पनी अन्तर्गत विभिन्न मेसिनरी सामानहरु आयात गर्दै आइरहेका छौं । जसले नेपालमा व्यवसाय गर्न चाहनुहुन्छ उहाँहरुलाई चाहिने मेसिनहरु आयात गरेर उहाँहरु माझ पु¥याउने काम हामीले गरेका छौं । तातोपानीको सोलार वाटर हिटर, वाटर फिल्टर, किचन चिम्नी, गिजरको पनि नेपालका लागि आधिकारिक बिक्रेता हामी हौं । यी सामान भारतको बैंगलोरबाट ल्याउछौं । यसको डिष्ट्रिव्युसन पनि आफ्नै छ । आगामी दिनमा नेपालभरी करिव २५ वटा डिलर पु¥याउने उद्देश्य छ । ग्राहककोे चाहना तथा आवश्यकता अनुसारका मेसिन सप्लाइ गर्ने काम गर्दै आइरहेका छौं ।

 

सामानमा वारेन्टीको व्यवस्था कस्तो छ ?
सोलार वाटर हिटर १ सयदेखि ५ सय लिटरसम्मका छन् । यसमा ५ वर्षको रिप्लेसमेन्ट ग्यारेन्टी र १५ वर्षको वारेन्टी हुन्छ । ३ लिटरदेखि २५ लिटरसम्मका गिजर छन् । डिजिटल, नन डिजिटल र सेन्सर गरी ३ किसिमका चिम्नी छन् । कोरियन ब्राण्डका वाटर प्युरिफायर फिल्टर छन् । पानी ट्यांकी उत्पादनका लागि भारतीय प्रविधिको प्रयोग गर्छांै । ट्यांकीमा २५ वर्षको वारेन्टी, रिप्लेसमेन्ट भ्यालु जुनसुकै समयमा पनि ५० प्रतिशत रहन्छ । त्यसका साथै टिडिआर बिजनेश प्रा.लि.ले भारत तथा चीनबाट विभिन्न किसिमका मेसिनहरु आयात गरी नेपालमा बिक्री वितरण गर्दै आइरहेको छ । युपिभिसीको झ्याढोका बनाउने मेसिन, सेनिटरी प्याड, टिस्यु पेपर लगायत अन्य मेसिनहरु आयात गरिरहेका छौं ।

दुई कम्पनीमा गरी कति जनालाई रोजगारी प्रदान गर्नुभएको छ ? लगानीको अवस्था कस्तो छ ?
प्लाष्टिक उद्योगमा १० जनाले प्रत्यक्ष रोजगारी पाइरहनुभएको छ । टिडिआरमा ५ जना कार्यरत हुनुहुन्छ । जय कालिकामा ५ करोड रुपैयाँ र टिडिआर १ करोड रुपैयाँको लगानीबाट काम गरिरहेका छौं । लगानी आवश्यकता अनुसार थप हुँदै गइरहेको छ । अन्य कुरा आवश्यकता अनुसार थप हुँदै जान्छ ।

तपाईंको भावी योजना के-के छन् ?
ट्याङ्कीसँगै खानेपानीका पाइपहरु पनि उत्पादन गर्नेछौं । खानेपानीका लागि युपिभिसी, सिभिसी पाइप राख्नेछौं । सम्पूर्ण उत्पादनलाई डिलर मार्फत देशभर पुर्याउने तयारी भइरहेको छ ।

You might also like

Comments are closed.