‘स्मार्ट इक्यानको रुपमा विकास गर्ने कोसिस गर्दैछौं’

रमेशकुमार थापा, अध्यक्ष, इक्यान कास्की

इक्यान कास्की इक्यान केन्द्रको मातहत रहेको एउटा शाखा हो । शाखा कार्यालयमा आवद्ध जति पनि सदस्य हुनुहुन्छ, उहाँहरुको हितमा हामीले विभिन्न काम गर्ने योजना बनाउछौं । त्यसमा उहाँहरुलाई विभिन्न तालीम, अध्ययनसँग सम्बन्धीत अन्य तालिम दिने गर्छाैं । यसका साथै इक्यानका सदस्यको व्यवसाय प्रवद्र्धनका लागि इक्यान कास्की एजुकेशनल फेयर भनेर प्रत्येक वर्ष आयोजना गर्दै आएका छौं । त्यस्तै अहिले हामीले इक्यानका सदस्यहरु र उहाँको परिवारको स्वास्थ्य सम्बन्धी सहयोगका लागि विभिन्न अस्पतालसँग सहकार्य गर्ने योजना बनाएका छौं ।

विभिन्न अन्य पाठयक्रमसँग सम्बन्धित क्रियाकलाप गर्ने कार्यक्रम छ । गरिब तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने योजना बनाएका छौं । त्यसका लागि हामीले चारवटा विभाग बनाएका छौं । त्यसमा एक्स्ट्रा करिकुलम एक्टिभिटिज, ट्रेनिङ, अनुशासन, अनुगमन र सिएसआर डिपार्टमेन्ट बनाएका छौं । अझै पनि आवश्यक पर्यो भने उपसमिति बनाउने योजना छ । आगामी दिनमा इक्यानका सदस्यको हामीले सर्वे पनि गर्दैछौं । उहाँहरुलाई के-कस्तो तालिमको आवश्यकता पर्छ थप त्यसको लगत संकलन गरेर उहाँहरुसँग परामर्श लिएर विभिन्न तालिम अगाडि बढाउने योजना छ । यसलाई स्मार्ट इक्यानको रुपमा डेभलप गर्ने हामीले कोसिस गर्दैछौं । त्यसका लागि प्राय सबैकुरा कम्प्युटराइज गर्ने र सोसल मिडियामा पनि इक्यानको प्रचार प्रसार गर्ने योजना बनाएका छौं ।

किन इक्यान सदस्यबाट मात्रै काउन्सिलिङ गर्ने भन्ने कुराको जानकारी आम जनमानसमा कम छ । प्रभावकारी काउन्सिलिङका लागि हामीले इक्यान मेम्बरहरुबाट गर्न आग्रह गर्छौं । किनकी विशेष अभ्यासको कुराहरु आउँछन् । यस क्षेत्रमा देखिएका समस्यामा हाम्रो सहज पहुँच होस् र हामीले पनि त्यसमा केही भूमिका निर्वाह गर्न सकौं भन्ने उद्देश्यले विभिन्न कार्यक्रमहरु गर्छौं ।

jutta mela

इक्यान धेरै पुरानो संस्था हो । यसमा धेरै पुराना व्यवसायीहरु हुनुहुन्छ, जोसँग २० औं वर्षको कार्यानुभव छ । जेन्युन इन्फरमेशन नपाएका कारण अहिले धेरै विद्यार्थी अन्योलमा परेका हुन्छन् । कुन देशमा कसरी प्रक्रिया हुन्छ ? त्यहाँको कलेज वा युनिर्भसिटीहरुको रिक्वायरमेन्ट के छ ? लगानी कति गर्नुपर्छ ? जान के कस्ता प्रक्रियागत कुराहरु गर्नुपर्छ ? प्रोसेसिङ के हो ? कति समय लाग्छ ? कति खर्च लाग्ने भन्ने कुराको अन्योल हुन्छ । विद्यार्थीले त्यसका लागि काउन्सिलिङ लिनै पर्छ । अहिले जसरी भएपनि एउटा कन्सल्टेन्सी खोलौं भन्ने खालको बजारमा होडबाजी छ । फलानोले राम्रो कमायो त्यही भएर अब खोल्दा राम्रो हुन्छ भन्ने होइन त्यसका राम्रा नराम्रा पाटाहरु छन् । जुन हामीले भोग्दै आएका छौं । हाम्रो इक्यानमार्फत सदस्य साथीहरुलाई तालीम किन दिन्छौं भने जेन्युन इन्र्फमेशन जुन विद्यार्थीले चाहेको हो त्यो कसरी दिने ? के–के दिने ? भन्ने कुराहरु हामीले तालिमबाट दिने हुँदा अन्योलता हटाउनकै लागि इक्यान मेम्बरहरु मार्फत नै काउन्सिलिङ गर्दा राम्रो हुन्छ भन्ने हाम्रो मान्यता हो ।

इक्यान कास्कीका अध्यक्ष थापासँग गरिएको कुराकानीमा आधारितः

 

You might also like

Comments are closed.