व्यवसायी थापाद्वारा ‘अनामिका रिट्रिट’ रिसोर्टमा लगानी

१२ रोपनी जग्गामा बन्ने रिसोर्टमा २२ करोड रुपैयाँ लगानी हुने

सुरेन्द्र पौडेल, काठमाडौं । शैक्षिक परामर्श, स्वास्थ्य, ट्राभललगायतका व्यवसायमा आबद्ध व्यवसायी रमेशकुमार थापा र उनका छोरा विश्वास थापाले पर्यटन क्षेत्रमा लगानी बढाएका छन् ।

थापाले पोखरा–२२ पुम्दीमा सुविधा सम्पन्न रिसोर्ट निर्माण सुरु गरेका छन् । ‘अनामिका रिट्रिट प्रालि’ रिसोर्टको बुधबार भूमि पूजा गरी शिलान्यास गरिएको छ । १२ रोपनी जग्गामा २२ करोड रुपैयाँ लगानीमा रिसोर्ट निर्माण गर्न लागिएको अध्यक्ष रमेशकुमार थापाले जानकारी दिए । रिसोर्टमा ४० वटा रुम हुनेछन् ।

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी अन्तर्राष्ट्रियस्तरको सुविधा प्रदान गर्ने गरी रिसोर्ट सञ्चालनमा आउने उनले जानकारी दिए । ‘एक वर्षभित्रमा रिसोर्ट निर्माण सक्ने लक्ष्य छ,’ उनले भने । थापाले वेलनेस रिसोर्ट सञ्चालनमा ल्याउन लागेका हुन् । रिसोर्टमा थेरापी, साउना, स्टिमको सुविधा उपलब्ध हुन् ।

MANASLU

पार्टी तथा मिटिङका लागि विभिन्न हल, स्विमिङ पुल, बच्चाहरुका लागि प्ले ग्राउण्ड, पिकनिक स्पटलगायतको सुविधा पनि रिसोर्टमा उपलब्ध हुने प्रवन्ध निर्देशक विश्वास थापाले जानकारी दिए ।  ‘पूर्ण पारिवारिक वातावरणमा सेवा प्रदान गर्ने गरी रिसोर्ट सञ्चालनमा ल्याउनेछौं,’ उनले भने, ‘पोखरा आउने पर्यटकलाई स्तरीय सेवा प्रदान हुनेछ ।’

पुम्दीकोट ट्रेकिङमा जाने पर्यटकले पनि रिसोर्टमा सेवा लिन सक्नेछन् । रिसोर्ट सञ्चालनमा आएपछि विभिन्न प्याकेजमा पर्यटकलाई सेवा प्रदान गरिने थापाले बताए । रिसोर्ट निर्माण भएको ठाउँबाट फेवाताललगायत पोखराको दृश्यावलोकन गर्न सकिन्छ । ‘वरपरको हरियाली जंगल, हिमाल, पहाड तथा फाँटहरुको दृश्य स्पष्टसँग देख्न सकिन्छ,’ थापाले भने । रिसोर्ट सञ्चालनमा आएपछि ५० जना भन्दा बढीले प्रत्यक्ष रोजगारी पाउने बताइएको छ ।

रिसोर्टको निर्माण आर्या कन्स्ट्रक्सन प्रालिले गर्नेछ । एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस पोखराका प्रवन्ध निर्देशक रमेशकुमार थापा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरका अध्यक्ष तथा अनामिका ट्राभल्स एण्ड टुर्सका सञ्चालक हुन् ।

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...